नारायणपुर, ९ मङ्सिर ,, दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी...बाँकी अंश →
राजविराज, ८ मङ्सिर,, भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको...बाँकी अंश →
लहान, ७ मङ्सिर ,, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । पछिल्लो पटक आज बिहान घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह...बाँकी अंश →
बर्दिवास, ७ मङ्सिर,, महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा ९श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर० को अमर प्रेमको सम्झनामा यस पर्वमा खेलिने खेल कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर पूर्णिमाका दिन समापन गरिने परम्पराअनुसार बिहीबार राति सम्पन्न गरिएको हो...बाँकी अंश →
गौशाला, ३ मङ्सिर,, महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति...बाँकी अंश →
बर्दिवास, २ मङ्सिर,, महोत्तरीसहितका मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइएको छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार शनिबार राति सम्पन्न गरिएको हो । यस पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा...बाँकी अंश →
जनकपुरधाम, २७ कात्तिक,, शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले...बाँकी अंश →
गौशाला, २६ कात्तिक ,, महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रु ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताउनुभयो । यहाँका...बाँकी अंश →
पर्सा, २६ कात्तिक ,, मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गर्नुभएको छ । मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उहाँले व्यक्त...बाँकी अंश →
बर्दिवास, २६ कात्तिक,, श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन...बाँकी अंश →
लहान, २६ कात्तिक,, सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा...बाँकी अंश →
लहान, २५ कात्तिक ,, फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: