लहान, १७ मङ्सि,, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।...बाँकी अंश →
धनुषा, १७ मङ्सिर,, विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो । सम्मेलनले...बाँकी अंश →
गौशाला, १६ मङ्सिर,, ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित...बाँकी अंश →
लहान, १४ मङ्सिर,, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका...बाँकी अंश →
राजविराज, १४ मङ्सिर,, राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए...बाँकी अंश →
राजविराज, १३ मङ्सिर ,, सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताउनुभयो । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले...बाँकी अंश →
बर्दिवास, १३ मङ्सिर,, महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयका कक्षा १ देखि १२ सम्मका उत्कृष्ट तीन÷तीन...बाँकी अंश →
राजविराज, १० मङ्सिर,, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आथित्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा विद्यालयका एक छात्रा र एक...बाँकी अंश →
राजविराज, ९ मङ्सिर,, प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु एक÷एक लाख राहत दिने भएको छ । दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आउनुभएका प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई रु एक÷एक लाख राहतस्वरुप दिने दिने...बाँकी अंश →
तुलसीपुर, ९ मङ्सिर,, यहाँका करीब एक सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा शनिबार प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १० वटै स्थानीय तहका महिलालाई सहभागी गराएको थियो । कार्यक्रममा सहभागी आमालाई नार्कोनानका दक्षिण एशिया संयोजक तथा नेपाल पूर्वप्रहरी सङ्गठनका अध्यक्ष वरिष्ठ...बाँकी अंश →
बर्दिवास, ९ मङ्सिर,, महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन् । बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका...बाँकी अंश →
घोराही, ९ मङ्सिर ,, घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिङ्की सिंहलगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरु अहिले एकैथलोमा बसेर सामूहिक व्यवसाय गरिरहेका छन् । नेपाल महिला सामुदायिक केन्द्रकी विमला योगीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: