बर्दिवास, २ पुस,, महोत्तरी जिल्लाको धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण थालिएको छ । मटिहानी–८ मा पर्ने मुख्यचोकमै नगरपालिकाले ३० लाखको लागतमा घण्टाघर बनाउन थालेको हो । अहिले मटिहानीको घण्टाघर निर्माणमा दैनिक ५० भन्दा बढी ज्यामी जुटेका छन् । आउने वर्षको दशैँअगावै ५० फिट अग्लो घण्टाघर निर्माण सम्पन्न...बाँकी अंश →
सर्लाही, २ पुस,, सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक मजदुर काम गर्ने बेलामा माथिबाट लडेर मृत्यु भएको छ भने एक जनालाई ट्र्याक्टरले ठक्कर दिँदा ज्यान गएको हो । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ...बाँकी अंश →
लहान, २ पुस,, नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय गरेको हो । केही गैरपत्रकारले पनि मोटरसाइकलमा प्रेस लेखेर हिँड्दै गरेको र पत्रकारको नाममा...बाँकी अंश →
वीरगञ्ज, २ पुस,, देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् । यसै क्रममा पश्चिमी...बाँकी अंश →
बर्दिवास, १ पुस,, वनक्षेत्रबाट सरदर ४० किलोमीटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि महोत्तरी जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् । भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा जङ्गली जनावर पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण किसान हैरान भएका हुन् । उखु खेती गरिएका खेतबारीमा...बाँकी अंश →
लहान, १ पुस,, गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक...बाँकी अंश →
पर्सा, २९ मङ्सिर,, पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन मियाँको धान कुट्ने सेलरमिलामा आगलागी भएको हो । बिजुलीको तार सट भई बिहान २ बजेदेखि आगलागीे भएको प्रहरी चौकी महुवनले जनाएको...बाँकी अंश →
कलैया, २८ मङ्सिर ,, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले सो तटबन्धको निरीक्षण गर्दै...बाँकी अंश →
सप्तरी, २८ मङ्सिर ,, नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट बिहीबार बरामद गरेको छ । दिलवाले नामको १०८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।रामपुर मल्हनिया प्रहरी...बाँकी अंश →
बर्दिबास, २७ मङ्सिर,, सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आज आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको जानकारी दिनुभयो । महोत्तरी जिल्लाका...बाँकी अंश →
जनकपुरधाम, २६ मङ्सिर ,, सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आउनुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।...बाँकी अंश →
गौशाला, २६ मङ्सिर,, महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताउनुभयो । घटनाबारे अनुसन्धान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: