राँझा, १८ पुस,, वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् । बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन...बाँकी अंश →
जनकपुरधाम, १८ पुस,, जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका २२ वर्षीय अभिमन्युकुमार साह र महोत्तरी जिल्ला औरही नगरपालिका–३ सोनामाईका १८ वर्षीय रमेशकुमार...बाँकी अंश →
लहान, १७ पुस,, नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाइछिपाइ राखेको अवस्थामा गौरव नामक मदिरा ३९० बोतल, नुरीशसी...बाँकी अंश →
वीरगञ्ज, १६ पुस,, प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५÷२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकममध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी रु दुई करोड २२ लाख ६८ हजार राजश्व...बाँकी अंश →
वीरगञ्ज, १५ पुस,, उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताउनुभएको छ । सङ्घीय प्रेस फोरम पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “उतm नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।” उहाँले सरकारले...बाँकी अंश →
राजविराज, १४ पुस,, यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो...बाँकी अंश →
राजविराज, १३ पुस,, सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताउनुभयो । जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ मा १०७ पुरुष तथा...बाँकी अंश →
बर्दिवास, १३ पुस,, महोत्तरी जिल्लामा घरविहीन दलित जाडोमा कष्ट झेलिरहेका समाचार सम्प्रेषण भएपद्धि सहयोगी हात पनि बढेका छन् । गत आइतबार राससले ‘दलितका झुप्रा भत्किए, पालमा जाडो काट्दै’ शीर्षकको समाचार प्रवाह गरेसँगै जिल्लाको भङ्गाहा नगरपालिकाका घरवारविहीन मुसहरका लागि सहयोगीहरू बढ्दै गएका हुन् । राससले सो समचार प्रवाह गरेलगत्तै सोही दिन...बाँकी अंश →
राजविराज, १२ पुस,, कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण त्यस क्षेत्रका बासिन्दा जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिकजसो रातको समयमा आउने...बाँकी अंश →
राजविराज, ११ पुस,, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–२ मा जेसिवीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । नम्बर नखुलेको जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय नारायण खङको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताउनुभयो । नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो...बाँकी अंश →
लहान, ११ पुस,, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको छ भन्नुभयो । प्रदेश...बाँकी अंश →
बर्दिवास, ११ पुस,, आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोवारी र दुव्र्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । चोरी, डकैती, लुटपाट, हुलहुज्जत र बलात्कारसम्मका गम्भीर अपराधका बढीजसो घटनामा लागुपदार्थ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: