लहान, ३ माघ ,, अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप...बाँकी अंश →
जनकपुरधाम, २ माघ ,, पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानूनी कार्य भएको...बाँकी अंश →
धनुषा, १ माघ ,, जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं २ का सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ ।...बाँकी अंश →
सर्लाही, ३० पुस ,, भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती...बाँकी अंश →
लहान, ३० पुस ,, जाडोबाट पीडित सिरहाका लहान नगरपालिका–२३ गढियाका अति विपन्न, एकल महिला र दलित परिवारलाई स्थानीय एक परिवारले कम्बल वितरण गरेको छ । स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले जाडोबाट प्रभावित लहान नगरपालिका–२३ का दलित, एकल महिला तथा अति विपन्न गरी १५० घरपरिवारलाई कम्बल वितरण गरेको हो ।...बाँकी अंश →
धनुषा, २९ पुस ,, प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री यादवको नजीकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उहाँले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाउनुभयो । सचिव झाले भन्नुभयो,...बाँकी अंश →
पर्वत, २९ पुस ,, भूकम्पपीडितको निजी आवास निर्माणलाई प्रभावकारी बनाउन पर्वतका सातवटै तहलाई जिम्मेवार बनाउने तथा गुनासो फछ्र्योटको काम स्थानीय तहबाटै सम्पन्न गर्ने निर्णय भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा आज बिहान बसेको पुनःनिर्माण जिल्ला समन्वय समितिको बैठकले सातवटै स्थानीय तहलाई पुनःनिर्माणको काम प्रभावकारी बनाउन जिम्मेवार बनाउँदै गुनासो...बाँकी अंश →
सप्तरी, २९ पुस ,, दलित सरोकार मञ्च नेपालको प्रथम जिल्ला अधिवेशनले युक्तिलाल मरिकलाई अध्यक्षमा चयन गरेको छ । सप्तरीको कञ्चनरुपमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवकुमार मण्डल, सचिवमा सुसिन्द्र पासवान र कोषाध्यक्षमा प्रमिलाकुमारी पासवानलाई सर्वसम्मतले चयन गरेको हो । यसैगरी सदस्यमा रमानन्द राम, सोविताकुमारी सरदार र मुनेश्वर पासवान रहेको मञ्चका सचिव...बाँकी अंश →
बर्दिवास, २९ पुस ,, मिथिला क्षेत्रमा तिलासक्रायत भनिने माघे सङ्क्रान्ति पर्वले मिथिलानी (मिथिलाका नारी, गृहिणी) लाई कामको चटारोले छोपेको छ । पर्वका लागि तिल, चिउरा र मुरीकालाई (लड्डु) बनाउने तयारीमा रहेका मिथिलानीलाई अहिले तिल छाट्ने, माड्ने र सुकाएर भुट्ने चटारोले छोपेको हो । “मुरी र चिउरा त मिठ्ठा (सख्खर)को पाक...बाँकी अंश →
सप्तरी, २९ पुस ,, किसानको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित त्रियुगा सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु ६८ करोड २४ लाख ८५ हजारको आर्थिक कारोवार गरेको छ । जिल्लाको फतेपुर, ओद्राहा, कमलपुर, पिप्रा पूर्व, कञ्चनरुप, जगतपुर र धर्मपुरलाई कार्यक्षेत्र बनाई विसं २०३३ मा स्थापित संस्थाको आज भएको १७औँ वार्षिक साधारणसभामा...बाँकी अंश →
वीरगञ्ज, २९ पुस ,, यहाँस्थित नेपाल खाद्य संस्थान कार्यालयले रु एक करोड १३ लाख ७७ हजार ४०० मूल्य बराबरको चार हजार ६२४ दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । सरकारले प्रतिक्विन्टल रु दुई हजार ४६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३०० देखि...बाँकी अंश →
जनकपुरधाम, २९ पुस,, धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी हुनुभएको छ । सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: