०९ माघ २०८१

प्रदेश २

सहाराविहीनलाई घर निर्माण

सुरुङ्गा, १५ भदौ  विर्तामोड नगरपालिका–२ निवासी सहाराविहीन बन्नुभएकी ५५ वर्षीया दृष्टिविहीन धामो राजवंशीले घर पाउनुभएको छ । सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा विर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । विर्तामोड नगरपालिकाले रु ५० हजार र नगरपालिकाको वडा नं २ ले रु एक लाख प्रदान गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा...बाँकी अंश →


गैँडाको आक्रमणमा तीन घाइते

राजापुर, १४ भदौ  बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको...बाँकी अंश →


बालिका बलात्कृत

सप्तरी, १३ भदौ  बासप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन्...बाँकी अंश →


अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

जलेश्वर, १३ भदौ  कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय...बाँकी अंश →


आलेख ः रगतका लागि सेना र प्रहरीकै भर

सप्तरी, १२ भदौ  सप्तरी, १२ भदौ ९रासस० ः राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र ९ब्लड बैंक० छ तर, प्रायः रगतको अभाव रहन्छ । उपचारार्थ आकस्मिक कक्ष र प्रसूति कक्षमा भर्ना भएका बिरामी रगतका लागि छट्पटाउँछन् । चिकित्सकको आदेशमा बिरामीका...बाँकी अंश →


लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

पर्सा, १२ भदौ   जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र...बाँकी अंश →


लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लहान, १२ भदौ  प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो । स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र...बाँकी अंश →


उपचारको क्रममा थुनुवाको मृत्यु

जलेश्वर, ११ भदौ    महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर...बाँकी अंश →


दलित छात्रावास भवन अलपत्र

लहान, ११ भदौ  उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो । आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण...बाँकी अंश →


बाख्रा पालनले फेरिएको जीवन

सुरुङ्गा, ११ भदौ  झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उहाँको परिचय पनि फेरिएको हो । “जत्ती दुःख गर्दा पनि खानै पुग्दैन थियो”,...बाँकी अंश →


विकासका लागि सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्छ ः उपप्रधानमन्त्री उपेन्द्र यादव

वीरगञ्ज, १० भदौ  उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको आज एक समारोहबीच उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रदेश नं २ को विकास र समृद्धिका लागि तिन वटै...बाँकी अंश →


विद्युत् चुहावट १२ प्रतिशतले घट्यो

लहान, २४ साउन विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो । गत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter