जुम्ला, २१ मङ्सिर,, जुम्लादेखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् । “वर्षौंदेखि मुआब्जाका लागि पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध...बाँकी अंश →
रुकुम, २० मङ्सिर,, रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् । व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट...बाँकी अंश →
सुर्खेत, १९ मङ्सिर,, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले...बाँकी अंश →
सुर्खेत, १९ मङ्सिर ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान...बाँकी अंश →
दुनै, डोल्पा, १८ मङ्सिर,, डोल्पा जिल्लाका ऐतिहासिक स्थलहरुमध्येको एक हो, राजारानी क्षेत्र । मनमोहक ठाउँ र रोचक इतिहास भएकै कारण हिजोआज यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा राजारानी डाँडा रहेको छ । क्षेत्री र दलित समुदायको बसोबास रहेको यो गाउँ राजारानी...बाँकी अंश →
जाजरकोट, १८ मङ्सिर ,, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जानुहुन्छ । कार्यालय समयमा उहाँमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उहाँहरुको रहर नभई बाध्यता हो । कार्यालयमा टेलिफोन नलाग्ने...बाँकी अंश →
बेझाड, १८ मङ्सिर ,, कुनै समय छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो तर त्यही महिला हिजोआज भने सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् । पुरुषको वर्चस्व रहेको समाजमा दबिएर बसेका महिला पछिल्लो समय आफ्नो हक र अधिकारका निम्ति समाजमा हुने...बाँकी अंश →
हुम्ला, मङ्सिर १८ ,, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाको साधारणसभा सम्पन्न भएको छ । सभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सभा सम्पन्न गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरेर सञ्चारकर्मीले समाजको यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय...बाँकी अंश →
हुम्ला, १८ मङ्सिर,, अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ...बाँकी अंश →
सुर्खेत, १८ मङ्सिर,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैंक (एडिबी)को लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताउनुभएको छ । एशियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेतमा सोमबार आयोजित ‘सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परामर्श’ कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतको जस्तो...बाँकी अंश →
सल्यान, १६ मङ्सिर,, एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ...बाँकी अंश →
सुर्खेत, १६ मङ्सिर,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्नुभएको छ । शनिबार वीरेन्द्रनगर–१४ सुर्खेत गजोनीस्थित भे१ख ८४९ नंको बस दुर्घटनामा परी ज्यान गुमाउने लेकबँेसी नगरपालिका–८ सुर्खेतका ४० वर्षीय जानकी दर्लामी र २२ वर्षीय देउमाया वन्काटीप्रति उहाँले शोक व्यक्त गर्नुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: