१० माघ २०८१

कर्णाली प्रदेश

चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोट, ८ माघ  ,, जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिकरूपमा सङ्कलन गरिएको सेतोचिनीलगायतका जडीबुटी डोल्पाको निकुञ्जको पुर्जीको भरमा निर्यात हुँदैआएको छ । जिल्ला वन डिभिजन कार्यालयको बेवास्ताका कारण यसरी दैनिक भारी मात्रामा जडीबुटी निकासी भएको गाउँपालिका–४ का तीर्थराज बोहोराले...बाँकी अंश →


वषैं बित्दा निमार्ण भएनन् मोटर चल्ने पुल

डोटी, ६ माघ  ,,  निर्माण शुरु गरेको वर्षौ वितिसक्दा समेत यहाँ मोटर चल्ने पुल अझै निर्माण हुनसकेका छैनन् । ठेकेदार कम्पनीको लापवाहीका कारण ती पुल अझै निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीको आरोप छ । ठेकेदार कम्पनीले विभिन्न बाहना देखाइ पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले...बाँकी अंश →


अझै लेखेर सकिएन जुम्ली शब्दकोश

जुम्ला, ६ माघ  ,,  उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै हुनुहुन्छ । तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ नेपाली भाषाको...बाँकी अंश →


डोल्पा तीन दिनदेखि सञ्चार विहीन

डोल्पा, ६ माघ  ,,  शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन,...बाँकी अंश →


दर्जन बढी विकास आयोजना अलपत्र

जाजरकोट, ६ माघ  ,,   वषांैदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र परेका हुन् । वर्षेनी लिएको काम पूरा नगर्दा जिल्लाको स्वास्थ्य संस्था, पुल अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम...बाँकी अंश →


कर्णाली प्रदेश निर्माणको डिजाइन दिनुहोस् ,, मुख्यमन्त्री शाही

सुर्खेत, ६ माघ  ,,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो ।...बाँकी अंश →


संरक्षणको पर्खाइमा सुदूरका तालहरू

अमरगढी, ६ माघ  ,,   संरक्षण नहँुदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि...बाँकी अंश →


सिमकोट बजारमा सडक विस्तार गरिने

हुम्ला, ६ माघ  ,,  जिल्लाको सदरमुकाम सिमकोट बजारलाई शहरी विकास मन्त्रालय आयोजनाले सडक विस्तार गर्ने भएको छ । शनिबार सिमकोट गाउँपालिका जनप्रतिनिधि, स्थानीय र सङ्घीय योजना प्रमुख, शहरी विकास मन्त्रालयका पदाधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा विगतका योजनाभन्दा फरक तरिकाले कार्य अगाडि बढाउने निर्णय भएको छ । सिमकोट गाउँपालिकाले सडक विस्तारको लागि...बाँकी अंश →


छिन्चु–जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

जाजरकोट, ४ माघ  ,,  छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा...बाँकी अंश →


अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

सुर्खेत, ४ माघ  ,,  जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ ।...बाँकी अंश →


कैदीका लागि पुस्तक

हुम्ला, ४ माघ  ,,   कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ । कर्णाली प्रदेशले जिल्लाका सबै कारगारका कैदीबन्दीलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना अभियान...बाँकी अंश →


तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

राँझा, ४ माघ  ,,  बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । विसं २०७०...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter