रारा, २४ माघ ,, जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा आज झरी बिदा भएको छ । बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले १० बजे विद्यालय खोलेर प्रार्थना र राष्ट्रिय गानपछि विद्यार्थीलाई झरी बिदा दिइएको हो । अत्यधिक चिसो र झरीका कारण विद्यालयमा...बाँकी अंश →
सुर्खेत, २४ माघ ,, वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका पश्चिम सुर्खेतस्थित गुटुवासीले अब सौर्य विद्युत् प्रयोग गर्न पाउने भएका छन् । केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको यहाँका ३०० घरधुरीलाई आगामी चैतदेखि विद्युत् सेवा उपलब्ध गराउन लागिएको हो । चौकुने गाउँपालिका–८ मा स्थापना हुन लागेको सोलार प्लान्टले १०० किलोवाटको विद्युत् उत्पादन...बाँकी अंश →
सुर्खेत, २४ माघ ,, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा...बाँकी अंश →
डोटी, २४ माघ ,, जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम...बाँकी अंश →
डोटी, २१ माघ ९ ,, नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो । मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग...बाँकी अंश →
सुर्खेत, २१ माघ ,, कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ...बाँकी अंश →
सल्यान, २० माघ ,, कपुरकोट गाउँपालिका–६ मा निर्माण गरिएका मोटरबाटो मापदण्डअनुसार नभएको पाइएको छ । गाउँपालिकास्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको बाटो मापदण्डअनुसार चौडाइ नपुगेको पाइएको इञ्जिनीयर भुपेन्द्र ऐरीले जानकारी दिनुभयो । अनुगमन समितिका संयोजक तीला बुढामगरको संयोजकत्वमा रहेको अनुगमन समितिले कपुरकोट–६ मा निर्माण गरिएका जलवाङ– घोयलडाँडा–सिस्नेखोला...बाँकी अंश →
डोटी, २० माघ ,, जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेहरुबाट रु १० लाख ३० हजार राजश्व सङ्कलन गरेको छ । गत साउन महीनादेखि पुस मसान्तसम्म रु १० लाख ३० हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको राजश्व शाखाले जनाएको छ । जिल्लामा लामो तथा...बाँकी अंश →
डोटी, १७ माघ ,, तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर...बाँकी अंश →
दुल्लु, १० माघ ,, सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ । शिल्यान्यास भएको साढे तीन वर्षपछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको...बाँकी अंश →
दुल्लु, १० माघ ,, सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ । शिल्यान्यास भएको साढे तीन वर्षपछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको...बाँकी अंश →
हुम्ला, ९ माघ ,, हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: