सुर्खेत, १ फागुन ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अको¥याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले यही फागुन ३ गते सरकार...बाँकी अंश →
सुर्खेत, १ फागुन ,, कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि...बाँकी अंश →
जाजरकोट, २९ माघ ९ ,, जनयुद्धमा होमिएकोे तत्कालीन नेकपा ९माओवादी० शान्ति प्रक्रियामा आउने वित्तिकै ठूलो धनराशि खर्च गरेर यहाँको भेरी नगरपालिका– १ स्थित रिम्नामा शहीद स्मृति पार्क निर्माण गरिएको थियो । निर्माण भएको दुई वर्षसम्म त्यहाँ आन्तरिक पर्यटकको ओइरो लागेपनि अहिले भने सुनसान छ । उक्त पार्कमा प्रवेश गर्नेहरू आनन्दको...बाँकी अंश →
लम्की, २९ माघ ,, कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका...बाँकी अंश →
जाजरकोट, २९ माघ ,, जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ । सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य जमीन तथा धान लगाउने खेत बाँझै रहेका हुन् । खेतको माथि अन्धाधुन्ध सडक खनी कुलो भत्काएपछि यस्तो समस्या आएको...बाँकी अंश →
जुम्ला, २९ माघ ,, जिल्ला कारागारका कैदीका लागि पुस्तक सङ्कलन अभियान थालिएको छ । कर्णाली प्रदेश प्रहरीको कार्यक्रमअन्तर्गत कैदीका लागि पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन गरिँदै आएको छ । जिल्ला प्रहरी कार्यालयले गत पुस २५ गतेदेखि सञ्चालन गरेको सो अभियानअन्तर्गत हालसम्म पाँच सय पुस्तक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम...बाँकी अंश →
हुम्ला, २८ माघ ,, लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको स्थानीय भक्तवीर परियारले बताउनुभयो । स्याडा गाउँका स्थानीय नागरिक मिलेर सिमकोटमा रहेको...बाँकी अंश →
अत्तरिया, २८ माघ ,, पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन मासिँदै जान थालेको छ । बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा वर्षेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेको छ । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना, खुटिया दिपायल द्रुतमार्ग, सेती लोकमार्ग निर्माणले वन मासिने क्रम बढ्दै गएको छ । रानी–जमरा–कुलरिया...बाँकी अंश →
जाजरकोट, २८ माघ ,, जाजरकोटको खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक (सडकमार्ग) खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका...बाँकी अंश →
हुम्ला, २७ माघ ,, हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो...बाँकी अंश →
खलङ्गा, २५ माघ ,, पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई...बाँकी अंश →
अमरगढी, २५ माघ ,, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: