सुर्खेत, २१ फागुन ,, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।” मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर...बाँकी अंश →
जुम्ला, २१ फागुन ,, हिमा गाउँपालिका–३ जोगीबाडाकी खुम्बेनी योगीलाई खोलाको दूषित पानी पिउनुको पीडाले अहिले पनि सताइरहेको छ । गाउँमा खानेपानी नहुँदा उनलाई नजिकैको खोलाको दूषित पानी पिउनुको विकल्प पनि थिएन । “विगत एक दशकयता जङ्गलमा पानीका मुहान सुक्दै गएपछि गाउँका धारा पनि सुक्न थाले, अनि सबै गाउँले घण्टौँ हिँडेर...बाँकी अंश →
सुर्खेत, १८ फागुन ,, वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो । जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको...बाँकी अंश →
सुर्खेत, १७ फागुन ,, ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ । लोक सङ्कलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले तालसँगै सुर्खेत जिल्लालाई...बाँकी अंश →
सुर्खेत, १४ फागुन ,, कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा १८ ऐनसहित २७ नीति, नियमावली एवं कार्यविधि निर्माण गरेको छ । तीमध्ये सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित छन् । अन्य मन्त्रालयले आवश्यक कानूनी संरचनासमेत खडा गर्न नसकिरहेका बेला कृषि तथा सहकारीले यस अवधिमा कानूनी र भौतिक...बाँकी अंश →
रुकुम (पूर्व), १२ फागुन ,, रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् । आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको...बाँकी अंश →
खलङ्गा, १० फागुन ,, विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो । नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै फागुन १५ सम्ममा जुम्लाका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक...बाँकी अंश →
हुम्ला, ९ फागुन ९ ,, हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी...बाँकी अंश →
जाजरकोट, ९ फागुन ,, एक समय थियो, जाजरकोट अस्पताल भन्नबित्तिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइलासमेत टेक्न स्थानीयवासी हिच्किचाउँथे । अहिले नयाँ व्यवस्थापन समिति पाएसँगै नयाँ सेवासुविधा थपिएपछि जिल्ला अस्पताल सबैको भरोसाको केन्द्रविन्दु बनेको छ । अहिले अस्पतालले शल्यक्रिया सेवादेखि बिरामीलाई उचित सल्लाह, सुझाव र परामर्श दिएर राम्रो विश्वास आर्जन...बाँकी अंश →
सुर्खेत, ८ फागुन ,, जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम...बाँकी अंश →
खलङ्गा, ६ फागुन,, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन् । बजार क्षेत्र आसपासमा स्थानीयले अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका हुन् । मापदण्डविपरित बनाएका घर टहरा निर्माण हुँदा पनि नगरपालिका मौन छ । चन्दननाथ नगरपालिका घोषणा भएको लामो समय...बाँकी अंश →
जाजरकोट, ४ फागुन ,, भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: