०९ माघ २०८१

कर्णाली प्रदेश

चलचित्र ‘अधुरो’ एक दृश्य पाठशाला

सुर्खेत, २८ जेठ  ,,  एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा सामाजिक कुरीतिले समाज विकासमा पार्ने प्रभावलाई चलचित्र ‘अधुरो’ पर्दामा उतारिएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यसको गीत र ‘ट्रिजर’ सोमबार सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार...बाँकी अंश →


आलेख ः राहतको आशमा असिनापीडित

दूल्लु, २६ जेठ   ,,  गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो । असिनापानीले पाक्नै लागेको गहुँबाली, जौ, फलफूल र तरकारी खेती नष्ट ग¥यो । असिनापानीपीडितहरुले दुई महिना बित्नै लाग्दा समेत राहत पाउन सकेका छैनन् । अहिले...बाँकी अंश →


शान्ति सुरक्षा अभियान प्रारम्भ

वीरेन्द्रनगर, २६ जेठ  ,,  कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित...बाँकी अंश →


यार्सागुम्बा सङ्कलकको मृत्यु

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो । डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय...बाँकी अंश →


राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह

काठमाडौँ, २४ जेठ  ,,  नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो । हावाहुरीका...बाँकी अंश →


न्यून चापीय प्रणालीको प्रभावले भीषण हावाहुरी

पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै आज बिहान काठमाडौँसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको...बाँकी अंश →


चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा

मनाङ, २३ जेठ,,  अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक...बाँकी अंश →


दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

हुम्ला, १६ पुस ,,  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा...बाँकी अंश →


प्रभावकारी बन्दै २० किलो चामल कार्यक्रम

जुम्ला, १८ चैत ,, सरकारले कर्णालीवासीलाई जन्म र मरणमा निःशुल्क वितरण गर्दै आएको २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीले चामल लिन आएवापत ज्यालासमेत पाउने गरेका छन् । घोषणाताका अर्थात दुई वर्षअघि कार्यक्रम निकै आलोचना भएको र विवादमा समेत आएको थियो, तर पछिल्लो समय जन्म र मरणमा...बाँकी अंश →


लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

सुर्खेत, १७ चैत ,, जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको...बाँकी अंश →


सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

जाजरकोट, १७ चैत ,, कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने...बाँकी अंश →


सुर्खेतमा दुई कार्यकर्ता पक्राउ

सुर्खेत, १५ चैत्र ,, जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड््का (ओली) लाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter