बाँके, २८ असोज,, बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् । विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट...बाँकी अंश →
दाङ, २८ असोज,, सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस् योजना ल्याउनुपर्छ ।”...बाँकी अंश →
रामपुर पाल्पा, २८, असोज,, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । उहाँले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । सो...बाँकी अंश →
मुसिकोट, २८ असोज ,, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् । चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक...बाँकी अंश →
बाँके, २८ असोज,, जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । बाँके जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन झारो टार्ने खालको बेमौसमी बनिरहेको छ ।...बाँकी अंश →
पाल्पा, २७ असोज,, नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म पीङ हालेर खेलिने चलन अहिले लोप हँुदै गएको हो । दशैँका बेला बस्तीका टोलमा पीङ हाल्नका लागि आतुर हुने र...बाँकी अंश →
मुसिकोट, २७ असोज,, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफँैले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो । उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै...बाँकी अंश →
मुसिकोट, २६ असोज,, रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन् । मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताउनुभयो । पक्राउ परेका घर्तीले पीडित महिलाको एक...बाँकी अंश →
दाङ, २५ असोज ,, सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेपाल प्रहरीले जनताका यावत...बाँकी अंश →
नेपालगञ्ज, २५ असोज,, नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता समितिमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्यालो र शक्तिशाली...बाँकी अंश →
घोराही, २५ असोज,, घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न स्थानमा करीब दर्जनभन्दा बढी कृत्रिम जलाशयको निर्माण गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा क्रमशः पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो । बर्सातको समयमा आकाशबाट आउने पानीलाई सङ्कलन गरी स्थानीय जनताको जीविकोपार्जन र आयआर्जनमा जोड दिने...बाँकी अंश →
तुलसीपुर, २५ असोज,, ‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस यहाँ विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका तीन वटा आँखा अस्पतालले आज निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मोतिविन्दुको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: