१३ माघ २०८१

प्रदेश ५

बाँकेमा एचआइभी सङ्क्रमित बढ्दै

बाँके, १३ कात्तिक,,  बाँकेमा एचआइभी एड्सका बिरामी वर्षेनी बढ्दै गएका छन् । नयाँ तथ्याङ्कअनुसार जिल्लामा एक हजार १२ व्यक्ति एचआइभी सङ्क्रमित छन् । आर्थिक वर्ष २०७३÷०७४ को असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी सङ्क्रमित रहेका थिए । त्यसकै कारण अहिलेसम्म बाँकेमा १२८ जनाको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरि...बाँकी अंश →


विषादी हालेर मौरी मारेपछि किसान त्रसित

काठमाडौँ, १३ कात्तिक,,   दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको...बाँकी अंश →


भेरीअञ्चल अस्पताल स्तरोन्नति हुने

नेपालगञ्ज, १२ कात्तिक,,   यहाँस्थित भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो । बाँकेबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन निर्माणका लागि सहमति प्रदान गरेको...बाँकी अंश →


सिसी क्यामेरा बिग्रिएर अलपत्र

दाङ, १२ कात्तिक ,,   शान्ति सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर अलपत्र रहेका छन् । सिसी क्यामेरा बिग्रिएर काम गर्ने छोडेको धेरै समय बितिसक्दा पनि मर्मतमा कसैको ध्यान जान सकेको छैन । यहाँका भीडभाड हुने ठाउँमा शान्ति सुरक्षालाई मध्यनजर गरी जडान गरिएका क्यामेरा बिग्रेको...बाँकी अंश →


नारायणपुर खानेपानी योजना निर्माण

दाङ, ११ कात्तिक ,,   नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्षपहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांशले हालसम्म कुवाको पानी पिउँदै आएका छन् । नेपाल सरकारको...बाँकी अंश →


रेडपाण्डाको छालासहित पक्राउ

बाँके, ११ कात्तिक ,,   रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई...बाँकी अंश →


थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

दाङ, ११ कात्तिक ,,  दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । ६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखाँै रुपैयाँ बचत गर्न सफल भएको छ ।...बाँकी अंश →


बीस लाखको आँखा जाँच

नेपालगञ्ज, ११ कात्तिक,,  नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । यसका अलावा अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन...बाँकी अंश →


‘कानून निर्माण नभएकाले जनअपेक्षाअनुसार काम हुन सकेन’

बुटवल, १० कात्तिक ,,  प्रदेश नं– ५ का प्रमुख उमाकान्त झाले कानून निर्माण हुन नसकेको कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान उपकरणको आज यहाँ उद्घाटन समारोहमा उहाँले प्रदेश सरकारमार्फत विकास निर्माणका काम तल्लो तहसम्म पुग्न...बाँकी अंश →


कहिले बन्छ नेपालगञ्जमा ‘बहुउद्देश्यीय सभागृह’ ?

बाँके, १० कात्तिक,, ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ । सङ्घका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र प्रदर्शनीस्थल बनाउन सरकारबाट १० बिघा जमीन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्राप्त गरेको थियो । जग्गा प्राप्त भएसँगै सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै...बाँकी अंश →


गोली हानेर हत्या भएको पुष्टि

नवलपरासी, १० कात्तिक,, पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ । मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा देखाइएको प्रहरीले जनाएको छ । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६...बाँकी अंश →


नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ, १० कात्तिक ,, गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये ५७...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter