रोल्पा, २० कात्तिक,, रोल्पा नगरपालिका–१० धवाङकी विनमती सुनारले एकाबिहानै सदरमुकाम लिवाङमा रहेको एक पसलमा भाइटीकाका लागि प्लाष्टिकका माला किन्दै हुनुहुन्थ्यो । पसलमा झुण्ड्याइएका विभिन्न थरिका माला छनोट गर्दै उहाँले रु १०० पर्ने १० वटा माला किनेर रु एक हजार भुक्तानी गर्नुभयो । तिहारको भाइटीका नजिकिँदै गर्दा यहाँका बजारमा माला र...बाँकी अंश →
बर्दिया, १९ कात्तिक ,, बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट...बाँकी अंश →
लमही, १८ कात्तिक,, दाङको लमही बजारमा जुम्लाको स्याउले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको स्याउभन्दा सस्तो भएका कारण जुम्लाको स्याउले बजार पाएको हो । लमही–६ का देउमती चौधरीका अनुसार लमही बजारमा अहिले जुम्ली स्याउ प्रतिकिलो रु १६० मा बिक्री भइरहेको छ । भारतीय स्याउलाई प्रतिकिलो रु १८० भन्दा...बाँकी अंश →
बुटवल, १८ कात्तिक,, रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष...बाँकी अंश →
बर्दिया, १७ कात्तिक,, बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध...बाँकी अंश →
खजुरा, १६ कात्तिक ,, बाँके जिल्लाका घरेलु हिंसा पीडित मुस्लिम महिलाहरुले कानूनी उपचारबारेको अनविज्ञताका कारण न्याय पाउन सकेका छैनन् । यी समुदायका महिलाहरु पीडा सहेर बस्ने तर, बाहिर ननिस्कनाले यस्तो समस्या भएको हो । पछिल्लो समयमा केही महिलाहरु खुलेर बाहिर आउन थालेका छन् । बाहिर आएका महिलाहरु पनि कानूनी प्रक्रियाको...बाँकी अंश →
बुटवल, १६ कात्तिक,, रुपन्देहीको विभिन्न नगरपालिका र गाउँपालिकाकामा कृषकले पर्म गरेर धान काट्न थालेका छन् । पर्म प्रथा अनुसार धान काट्न, रोप्न र उठाउन सहज हुने गरेको कृषकले बताएका छन् । “पर्म गरेर नै धान रोप्ने र काट्ने गरिन्छ,” सैनामैना–५ का राजन कुँवरले भन्नुभयो । पर्म प्रथा अनुसार काम गर्दा...बाँकी अंश →
लमही, १५ कात्तिक ,, दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ । जिल्लामा आव २०७३-०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार आव २०७३÷०७४ मा ४६ पुरुष र २८ महिला, २०७४-०७५ मा ३३ पुरुष...बाँकी अंश →
घोराही, १५ कात्तिक ,, देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर एक जनाको मृत्यु भएको छ । गए राति रा४प ५५३५ मोटरसाइकल र रा१त १३६७ नं को ट्याक्टर ठोक्किएर लमही–३ जखेरा बस्ने २० वर्षीय कौशल चौधरीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत अर्नहवा भन्ने स्थानमा भएको दुर्घटनामा जखेराकै २२ वर्षीय रोशन चौधरी...बाँकी अंश →
दाङ, १४ कात्तिक,, जिल्लामा सञ्चालित अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको छ । लामो समयको अन्योलपछि जिल्लामा सञ्चालनमा रहेका अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख मदन कुँवरले जानकारी दिनुभयो । टेम्पो तथा अटोले मनोमानी रुपमा चर्को भाडा असुलेको व्यापक जनगुनासो आएपछि दोस्रो पटक मङ्गलबार बसेको...बाँकी अंश →
बुटवल, १४ कात्तिक,, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ । सहकारी...बाँकी अंश →
परासी, १४ कात्तिक ,, पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: