११ माघ २०८१

प्रदेश ५

नाबालिकाको उद्धार

बुटवल, ११ असार   ,,   अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई...बाँकी अंश →


खानेपानी योजना शुरु

कावासोती, ५ असार   ,,   नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ । नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ...बाँकी अंश →


अस्पतालजन्य फोहर व्यवस्थापनको चुनौती

नेपालगञ्ज, ५ असार  ,,  बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ...बाँकी अंश →


खोज पत्रकारिता तालीम शुरु

रुपन्देही, ३ असार   ,,  उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आजदेखि बुटवलमा शुरु भएको छ । शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता...बाँकी अंश →


विकट गाउँपालिकामा प्राविधिक शिक्षा : जहाँ पशुलाई झारफुक गरिन्छ

लमही, ३ असार  ,,सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका...बाँकी अंश →


राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सञ्चालन

नेपालगञ्ज, २ असार   ,,  कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक स्तर राम्रो बनाउन बर्दियामा एक वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेको छ । बाँकेमा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई गत साउन महीनादेखि बर्दियामा सो कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो ।...बाँकी अंश →


च्याउ खाएर बिरामी परेकाको स्वास्थ्योपचार सेवा सरकारले बेहोर्ने

रामपुर, २ असार  ,,  पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन् । स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि...बाँकी अंश →


गर्मीका कारण विद्यालय बन्द हुने

जीतपुर,२ असार  ,,  केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । यही असार...बाँकी अंश →


दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

रुकुमपश्चिम, १ असार  ,,  रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् । मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना...बाँकी अंश →


आगलागीबाट लाखौँको क्षति

दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट रु १४ लाख ४४ हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै दाङको बबई गाउँपालिका–३...बाँकी अंश →


एउटै वडामा १३८ बालबालिका कुपोषित

लमही, ३० जेठ   ,,  दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं...बाँकी अंश →


रुपन्देहीमा थारू घरवास सञ्चालन हुँदै

खस्यौली, २९ जेठ  ,,  रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । विसं २०७१ देखि काम शुरु भएको घरवासमा तत्कालीन पर्यटन कार्यालयबाट रु १४...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter