११ माघ २०८१

प्रदेश ५

आलेख ः रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील

रोल्पा, १६ भदौ  रोल्पा, १६ भदौ (रासस) ः रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्र्धनात्मक कार्यको थालनी...बाँकी अंश →


आँखा अस्पतालमा सेवाग्राहीको चाप

बेझाड, पाल्पा, १६ भदौ  ः स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो । दैनिक २०÷२२ जना आँखा उपचारका लागिआउने गरेकामा बीमा कार्यक्रमपछि हाल...बाँकी अंश →


नगरवासीलाई कलेजमा ५० प्रतिशत छुट

लमही, १६ भदौ  तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युटमा नगरभित्रका विद्यार्थीलाई शुल्कमा छुट दिइने भएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तीनवर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिनुभयो । “कार्यक्रम सञ्चालनको सबै...बाँकी अंश →


तीज प्रतियोगिताको उपाधि सगरमाथालाई

नेपालगञ्ज, १६ भदौ  नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो...बाँकी अंश →


निःशुल्क हुन सकेन सरकारी शिक्षा

तुलसीपुर, १६ भदौ  सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले...बाँकी अंश →


आलेख ः बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

रुपन्देही, १५ भदौ  रुपन्देही, १५ भदौ (रासस) ः गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने...बाँकी अंश →


छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ ः मन्त्री राई

नेपालगन्ज, १५ भदौ  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भन्नुभयो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः...बाँकी अंश →


‘खेलकूद संस्कार बोकेको खजुरा’

काशीराम शर्मा बाँके, १५ भदौ  ः बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागिसमेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । यसै वर्ष भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका महत्वपूर्ण चार विधाका खेल खजुरामा भए । यसले देशभरि खजुरालाई चिनाउने अवसर मात्रै दिएन,...बाँकी अंश →


रामपुरमा ‘कपडा बैंक’ ः गरीब, विपन्नलाई सित्तैमा कपडा

बेझाड, १५ भदौ  गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा...बाँकी अंश →


नाकासँग जोडिँदै सडक

तुलसीपुर, १४ भदौ  कुनै समय सडक–सञ्जालदेखि टाढा रहेको दाङको सीमानाका पछिल्लो समय सडक सञ्जालले जोडिन थालेको छ । सडक सञ्जाल विस्तार नहुँदा सीमा नाकाले जिल्ला सदरमुकामलाई बिरानो ठान्दै आएको थियो तर अब भने नाका क्षेत्र सडकसँग जोडिन थालेपछि नाकावासी खुशी भएका छन् । “पहिले नाका क्षेत्र निकै पिछडिएको थियो, सडक...बाँकी अंश →


कपिलवस्तुमा वृहत रूप लिदै समाजवादी पार्टी :अकरम पठान

कपिलवस्तु, भाद्र १३ समाजवादी पार्टी नेपालको शिवराज नगरपालिका स्तरीय कमिटि गठन गरिएको छ । नयाँ शक्ति पार्टि नेपाल र संघिय समाजवादी पार्टि फोरम नेपाल विचको संमायोजन कमिटि घोषणा गरिएको हो । शिवराज नगरपालिका चंद्रोटामा भएको उक्त भेलाले कृष्णा कुमार चौधरीको अध्यक्षमा २७ सदस्य समिति गठन भएको हो । जसको अध्यक्ष...बाँकी अंश →


दलित महिला सीपमूलक कार्यमा आकर्षित

बेझाड, १३ भदौ  दलित महिलालाई लक्षित गरेर स्थानीय सरकारले विभिन्न सीपमूलक तालीम, कार्यक्रम ल्याउन थालेपछि उनीहरु सीप सिक्ने कार्यमा सरिक हुने गरेका छन् । सिलाइकटाइ, स्वीटर बुन्ने, चुरामा बुटिक भर्नेजस्ता तालीम स्थानीय सरकारले चलाउँदै आएको छ । तालीममा सहभागी हुने अवसर पाएपछि आयमूलक व्यवसायमा महिला अगाडि बढेका छन् । रामपुरकी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter