१२ फागुन २०८१

प्रदेश ५

बाली विज्ञान पढाउन १७ लाख सङ्कलन

बेझाड ९पाल्पा०, १३ असोज  पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु १७ लाख बराबरको रकम सङ्कलन भएको छ । विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो । शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित...बाँकी अंश →


मासु पसल मापदण्ड विपरीत

गुल्मी, १३ असोज  सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य सङ्घ, उपभोक्ता मञ्चलगायतले तम्घास बजारका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत कारोवार गर्दै आएको पाइएको छ । अनुगमनका...बाँकी अंश →


दुर्गा मूर्तिमा सामान तस्करी !

बाँके, १३ असोज  भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो । दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले बरामद गरेपछि...बाँकी अंश →


अपाङ्गता परिचयपत्र वितरण

पाल्पा, १३ असोज  रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो । जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ । अघिल्लो आव २०७५÷०७६ मा...बाँकी अंश →


छाला र यौन रोगको उपचार बुटवलमै

रुपन्देही, १३ असोज  प्रदेश नं ५ को केन्द्र बुटवलमा छाला र यौन रोगको उपचारका लागि स्किन एण्ड लेजर सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको आइतबार उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नाफा कमाउने भन्दा जनताकोे सेवाका लागि सेन्टर स्थापना गरिएको भन्ने भावना आत्मसात गर्न अग्रह गर्नुभयो । उहाँले आधुनिक...बाँकी अंश →


बीउ प्रशोधन गृह सञ्चालन

लमही, १३ असोज    रुकुमेली एग्रो सीड सेन्टरले तुलसीपुर–६ राजापुरमा बीउ प्रशोधन गृह स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रशोधन गृहको उद्घाटन किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले आइतबार गर्नुभयो । गुणस्तरीय बीउ उत्पादन प्रशोधन गरी किसानलाई जिल्लामै गुणस्तरीय बीउ उत्पादन गरी बजारीकरण गर्ने उद्देश्यले बीउ...बाँकी अंश →


विपन्न परिवारको उपचारका लागि भेटिपेटिकाको शुरुआत

बेझाड, १२ असोज  गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेकोे हो । मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउकोे ठाउँमा रकम सङ्कलन गरी...बाँकी अंश →


समाजवादी पार्टी को वरिष्ठ नेता अशोक राई को उपस्थिति मा गुल्मीको पार्टी समायोजन कार्यक्रम सम्पन्न

    गुल्मी,  असोज १० समाजवादी पार्टी जिल्ला समन्वय समिति गुल्मीको पार्टी समायोजन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गुल्मी जिल्ला समन्वय समितिको कार्यबाहक अध्यक्ष विरबहादुर गुरुङको अध्यक्षता एवं पार्टी बरिष्ठ नेता अशोक राईको प्रमुख अातिथ्यमा सम्पन्न । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश ५ का सह ईन्चार्ज कमल खनाल,नवीन सुनुवार...बाँकी अंश →


प्रदेश नं ५ मा ४८ विधेयक पारित

खस्यौली, १० असोज  प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो । पारित भएका विधेयकमध्ये १० विधेयक प्रदेशसभाको चौथो (वर्षे) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को...बाँकी अंश →


आलेख ः पर्यटकीय गतिविधि बढे

रुपन्देही, १० असोज    प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ । प्रदेश सरकारले आयोजना गरेको...बाँकी अंश →


पुनःपरीक्षा गराइयो

गुल्मी, १० असोज  प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर...बाँकी अंश →


यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

बाँके, १० असोज  महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्लो ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter