०९ माघ २०८१

प्रदेश ५

आमाको नामबाट नागरिकता

नेपालगंज बैसाख २४ , आमाको नामबाट नागरिकता पाउनु पर्न माग गर्दै थर्ड एलायन्सको कानुनी सहयोगमा उच्च अदालत नेपालगंज इजलास देखि सर्बोच्च अदालत सम्म पुगे पछि सर्बोच्चको आदेश पछि बर्दियाकि श्वेता श्रीवास्तव ले  हिजो जिल्ला प्रशासन कार्यालय बर्दियाबाट आमाको नामबाट नागरिकता पाउन सफल भएकि हुन । थर्ड एलायन्सले नागरिकता पिडितहरुलाई निशुल्क कानुनि...बाँकी अंश →


अक्सिजन उत्पादन सुरु

रुपन्देही, २३ वैशाख ९रासस० ः लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ग्यास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिनुभयो । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको...बाँकी अंश →


रोजगारका लागि नेपाली विदेश जानु पर्दैन ः वन मन्त्री बस्नेत

गुलरिया, बर्दिया, २३ वैशाख (रासस) ः वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने...बाँकी अंश →


विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

दाङ, २१ वैशाख (रासस) ः घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन...बाँकी अंश →


दाङमा सार्वजनिक यातायात बन्द

दाङ, २० वैशाख (रासस) ः यहाँका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताउनुभयो । सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू...बाँकी अंश →


महिलाको मृत्यु भएपछि सञ्चालक र चिकित्सक नियन्त्रणमा

तुलसीपुर, दाङ, २० वैशाख (रासस) ः तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले...बाँकी अंश →


जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने ः पर्यटन मन्त्री

चरिकोट, २० वैशाख (रासस) ः जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय...बाँकी अंश →


आगलागीबाट १३ घर जले

नेपालगन्ज, १९ वैशाख (रासस) ः आज अपराह्न बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ जमुनीमा आगलागी हुँदा १३ घर पूर्णरुपमा र तीन घर आंशिक रुपमा जलेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिनुभयो । केटाकेटीहरुले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगोबाट आगलागी भएको थियो । स्थानीय...बाँकी अंश →


एउटा कुवाको भरमा दुईसय परिवार

रामपुर, पाल्पा, १८ वैशाख ९रासस० ः पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी...बाँकी अंश →


नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, १८ वैशाख (रासस) ः पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिनुभयो...बाँकी अंश →


लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध ः प्रम

रुपन्देही, १७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित...बाँकी अंश →


राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

बुटवल, १७ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter