बुटवल, ३० वैशाख (रासस) ः यहाँका सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ । आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि उक्त अभियान शुरु गरेको हो । आश्रमका लागि उपमहानगरपालिकाले...बाँकी अंश →
नवलपरासी, ३० वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन् । नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको विहार उत्तर प्रदेशमा सिँचाइका लागि लगिएको पानीबाट वर्षेनी नेपालका साविकका १३ गाविस डुबानमा पर्दैआएका छन् । चुनावका बेला मात्रै...बाँकी अंश →
भीमदत्तनगर, ३० वैशाख । कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...बाँकी अंश →
कपिलवस्तु, २९ वैशाख (रासस) ः कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल...बाँकी अंश →
दाङ, २८ वैशाख (रासस) ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका...बाँकी अंश →
नेपालगञ्ज, २६ वैशाख (रासस)ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ । आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई...बाँकी अंश →
भैरहवा, २६ वैशाख (रासस) ः अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।...बाँकी अंश →
रुपन्देही २६ वैशाख (रासस) ः बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ । खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत संकलन शुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी...बाँकी अंश →
रामपुर, पाल्पा, २६ वैशाख (रासस) ः कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ । दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताउनुहुन्छ । पुरानो लोक...बाँकी अंश →
दाङ, २५ वैशाख (रासस) ः जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले उपलब्ध गराएको रु ३९ लाखमध्ये रु सात लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा रु ३२ लाख मौज्दात छ...बाँकी अंश →
थर्ड एलायन्स नेपालगंज कार्यालय र एफडब्लुएलडिको संयुक्त कानुनी सहयोगमा उच्च अदालत नेपालगंज इजलासको आदेश पश्चात श्वेता श्रीवास्तव पछि आज ३ निवासी मोहम्मद शकिल हल्वाईले आमा सबनम बानो हलवाईको नामबाट नागरिकता पाउन सफल हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज नागरिकता दिएको छ । थर्ड एलायन्स नागरिकता पिडितलाई निशुल्क...बाँकी अंश →
बैशाख 24 कपिलवस्तुमा उत्पादन भएको गोलभेडा लगायतका तरकारी दैनिक रुपमा ८० क्युन्टिल बढि परिमाणमा जिल्ला बाहिर निकासी हुन थालेको छ । जिल्लामा भन्दा सन्तोषजनक भाउ पाउन थालेपछि उनीहरुले छिमेकी जिल्ला अर्घाखाची र रुपन्देही तथा पोखरा, दाङ र काठमाण्डौ सम्म गोलभेडा पठाउन थालेका हुन । जिल्लाको बजार मुल्य भन्दा प्रतिकिलो ५...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: