१० माघ २०८१

प्रदेश ४

जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून

म्याग्दी, २४ भदौ,,  म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन । चालीस मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको...बाँकी अंश →


अनौठो सर्पले गाँउले त्रसित

पर्वत, २४ भदौ,,   अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण...बाँकी अंश →


डलर फलाउने नेपालको अराविका कफी

पोखरा, २३ भदौ,,  नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भन्नुभयो । उहाँका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक...बाँकी अंश →


चार भारतीय पक्राउ

दमौली, २१ भदौ ,,   दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह...बाँकी अंश →


अपुग यात्रुको हर्जना दिएपछि सञ्चालनमा आएको विमानस्थल पुनः ठप्प

पर्वत, २१ भदौ ,, झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प भएको छ । गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको सो विमानस्थल पाँच महिना पनि नपुग्दै पुनः बन्द भएको हो । डेढ महिनाभन्दा बढीदेखि त्यहाँ कुनै पनि उडान हुन सकिरहेको छैन । बलेवा विमानस्थलमा उडान...बाँकी अंश →


ठेक्का हटेपछि आम्दानी

बागलुङ, २१ भदौ,,  पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि हुँदै गएको छ । विसं २०३२ देखि चलेको ठेक्का प्रणाली हटाएर मन्दिर गुठी व्यवस्थापन समिति आफैँले तीन वर्षदेखि पूजा सञ्चालन गर्दै आएको छ । आव २०७१÷७२ मा रु ४१ लाखमा पूजा सञ्चालन तथा व्यवस्थापनको जिम्मा ठेकेदारले लिएका...बाँकी अंश →


पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

पोखरा, १९ भदौ ,,   पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ एशियन खेलमा पहिलोपटक खेलको रुपमा सूचीकृत भएको पाराग्लाइडिङको प्रतिस्पर्धामा नेपालले रजत पदक प्राप्त गरेपछि युवा बढी आकर्षित हुने देखिएको...बाँकी अंश →


प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, १७ भदौ ,,    पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन आयोजना गरिएको थियो । बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका...बाँकी अंश →


सिंहदरवारले सबै अधिकार आफै राख्यो ,, मन्त्री लम्साल

पर्वत, ११ भदौ ,,   गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताउनुभयो । भू तथा जलाधार व्यवस्थापन कार्यालयको आज पर्वतमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘‘सङ्घीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अवरोध गरिरहेको...बाँकी अंश →


कृषि ज्ञानकेन्द्र स्थापना

पर्वत, ११ भदौ ,,   कृषकलाई सहयोग पु¥याउने उद्देश्यले पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र तोकिएको छ...बाँकी अंश →


बागलुङका सबै स्थानीय तहमा बैङ्क

बागलुङ, १० भदौ ,, स्थानीय तहमा बैङ्क पु¥याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको...बाँकी अंश →


माछापालन व्यवसायबाट मानसम्मान र आम्दानी दुबै

दाङ, ९ भदौ ,,   लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल हुनुभएको छ । उहाँले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ । वर्षाको समयमा पनि उहाँको घरमा माछा लिन आउनेको सङ्ख्या बढ्दो छ । विगत आठ वर्षदेखि व्यावसायिकरुपमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter