११ माघ २०८१

प्रदेश ४

चन्दाबाट वृद्धाश्रम निर्माण

कुश्मा, २४ असोज ,,   पर्वत जिल्लाको ऐतिहासिक, धार्मिक क्षेत्र मोदीवेणी दीव्यधाममा चन्दा सङ्कलनबाट वृद्धाश्रम निर्माण गरिएको छ । पर्वत र बागलुङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरी २४ कोठाको पक्की भवन निर्माण गरेका हुन् । २०६८ सालबाट निर्माण कार्य शुरु भएको भवन निर्माणको काम हालै सम्पन्न भएको छ । भवन निर्माणका...बाँकी अंश →


पर्यटक लोभ्याउन अर्गानिक खाना

पर्वत, २५ असोज,,   विभिन्न ठाउँमा स्थापना गरिएका होमस्टे (घरवास)ले पाहुनाको रोजाइअनुसार खाना खुवाउने गर्छन् । महाशिला गाउँपालिकामा सञ्चालन गरिएको होमस्टेमा भने अर्गानिक र परम्परागत खाना खुवाउने गरिन्छ । होमस्टे सञ्चालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न मात्र पाहुनालाई खुवाउने गरी स्थापना गरिएको थियो । स्थानीय उत्पादनको स्वाद...बाँकी अंश →


पुनहिलमा पर्यटकको भीड

बेनी, २५ असोज,,   अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो । अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक...बाँकी अंश →


बन्दीपुरमा पर्यटक आगमन बढ्दै

दमौली, २५ असोज,,   तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकीय आगमन बढ्दै गएको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङका अनुसार असोज दोस्रो हप्तादेखि पर्यटकीय चहलपहल बढेको हो । अहिले बन्दीपुरमा दैनिक २०० भन्दा बढी आन्तरिक तथा...बाँकी अंश →


जिल्लाकै नमूना प्रसूतिगृह

नवलपरासी, २५ असोज,,   पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो । सो केन्द्रको बुधबार प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उद्घाटन गर्दै मन्त्री...बाँकी अंश →


मन्दिरको विकासका लागि धार्मिक महोत्सव

दमौली, २५ असोज ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरु भएको छ । मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव शुरु भएको हो । महोत्सव...बाँकी अंश →


धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै

पर्वत,२४ असोज,,   पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् । घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख...बाँकी अंश →


सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने

बेंसीसहर, २३ असोज ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताउनुभएको छ । मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा यहाँ आयोजित कार्यक्रममा...बाँकी अंश →


मध्यपहाडीमा रातारात काम

बागलुङ, २३ असोज,,   डोजर, ट्रिपरसहित मजदूर सोमबार मध्यरातमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–बिहुँ खण्डको काममा व्यस्त देखिन्थे । सडक चौडा गर्ने, ‘ग्राबेल’ ओसार्ने, बिछ््याउने, पेल्ने काम चलिरहेको थियो । नजिकिएका चाडपर्व, सयममै काम सक्नुपर्ने दबाब आदि कारणले ठेकेदार कम्पनी काममा कस्सिएको हो । तेह्र किमिको उक्त खण्ड ‘सिद्धिसाई प्रकाश कन्सट्रक्सन’ को...बाँकी अंश →


मुस्ताङका स्याउको माग बढ्दो

पोखरा, २३ असोज,,   “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन््,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ । फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरेका...बाँकी अंश →


शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

बागलुङ, २३ असोज ,,   शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम शिला हराउन थालेको छ । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले पहल थालेको छ । मुस्ताङको मुक्तिनाथदेखि...बाँकी अंश →


परम्परागत उद्यान निर्माण

गोरखा, २३ असोज ,,   गाउँघरकोे पहिचान झल्कने गरी गाउँघरमै प्रयोग गरिने सामग्री बनाएर गोरखामा परम्परागत उद्यान निर्माण भएको छ । गोरखा नगरपालिका–१२ स्थित रानीटारमा पुराना पहिचान बोकेका विभिन्न सामग्रीको संरक्षण गर्न नौ रोपनी क्षेत्रफलमा रानीटार उद्यान निर्माण गरिएको हो । ग्रामीण क्षेत्रमा कुटानीपिसानी गर्न प्रयोग गरिने ढिकी, जाँतो, कोललगायतका विभिन्नखालका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter