११ माघ २०८१

प्रदेश ४

ताराखोलामा कागज उद्योग

बागलुङ, १९ कात्तिक ,,   ताराखोला गाउँपालिका–५ मा ‘डुडे लेक नेपाली हाते कागज उद्योग’ सञ्चालनमा आएको छ । छ उद्यमीले रु दुई लाखको लगानीमा सो उद्योग खोलेका हुन् । उद्योगले एक महिनादेखि कागज उत्पादन गर्दै आएको छ । उद्योगका सञ्चालक प्रेमबहादुर रोकाका अनुसार दैनिक चार सय थान कागज उत्पादन भइरहेको छ...बाँकी अंश →


असहाय बालबालिकाको अभिभावक बन्दै रेन्बो

पोखरा, १९ कात्तिक,,   समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ । आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक बनेको हो । स्याङ्जा जिल्लामा कष्टकर जीवन यापन गर्न बाध्य एकै परिवारका तीन जना बालबालिकाबाट २०६२ सालबाट शुरु गरिएको सो बालगृहले हाल...बाँकी अंश →


लोमान्थाङमा सेनाको क्याम्प स्थापना

मुस्ताङ, १९ कात्तिक ,,   उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो । जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ । क्याम्प...बाँकी अंश →


धानमा दाना नलागेपछि कृषक चिन्तित

पर्वत, १८ कात्तिक,,   पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् । उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिश गरेको...बाँकी अंश →


प्याराग्लाइडिङ प्रतियोगिता शुरु

स्याङ्जा, १७ कात्तिक ,,  स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ । भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब...बाँकी अंश →


वडाध्यक्षमाथि कुटपिट

दमौली, १७ कात्तिक ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट घाइते उहाँलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पु¥याइएकामा थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।उहाँका...बाँकी अंश →


फूलमा भविष्य खोज्दै भण्डारी दम्पती

पोखरा, १६ कात्तिक,,   पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाउनुभयो । पहिलो वर्षमा नै राम्रो भएर...बाँकी अंश →


मिर्गौलापीडित पुतलीलाई पाँच लाख सहयोग

वालिङ, १६ कात्तिक,,   स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही स्थान घर भई हाल हङकङमा बस्दै आउनुभएका धनु थकाली पुरनले ‘पुतली बचाउ अभियान’ मार्फत देश तथा विदेशमा सङ्कलन भएको...बाँकी अंश →


स्वस्थ जनता समृद्धिको आधार ,, मन्त्री बस्नेत

पोखरा, १६ कात्तिक ,,   गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताउनुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उहाँले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो ।...बाँकी अंश →


टिमुर खेतीबाट मनग्य आम्दानी

बेनी, १५ कात्तिक ,,   बेनी नगरपालिका–९ घतानका सागर बानियाँ टिमुर खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । आठ वर्षदेखि टिमुर खेतीमा लाग्नुभएका बानियाँले यस वर्ष थप सात रोपनीमा टिमुर खेती विस्तार गर्नुभएको छ । “पचास बोटले अहिले फल दिन्छ, ६०० बिरुवा नयाँ छन्, खेर गएको बाँझो जमीन, पाखोसँगै खेतीयोग्य...बाँकी अंश →


अर्मादी–बनौ सडकमा कालोपत्रे शुरु

पर्वत, १५ कात्तिक,,   कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झण्डै १२...बाँकी अंश →


सरकारी कार्यालय खोज्दै नगरपालिका

कुश्मा, १५ कात्तिक ,,   कुश्मा नगरपालिकाको कार्यालय अझैसम्म भाडाकै घरमा सञ्चालित छ । कुश्मामा विभिन्न सरकारी कार्यालय रहे भए पनि नगरपालिकालाई भवन अभाव भएपछि नगर कार्यपालिका सदस्यले बुधबार सदरमुकाम कुश्माबजारमा रहेका सरकारी कार्यालयमा नगरपालिकाको बोर्ड झुण्ड्याएका छन् । कार्यालय व्यवस्थापनका लागि पटक–पटक जिल्ला समन्वय समितिलाई अनुरोध गर्दा ध्यान नदिइएको भन्दै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter