१३ माघ २०८१

प्रदेश ४

व्यावसायिक फूलखेती गर्दै सहकारी

वालिङ, २३ कात्तिक,,   स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको संस्थाका अध्यक्ष टङ्कप्रसाद तिवारीले बताउनुभयो । “वालिङ तथा आसपासका क्षेत्रमा फूल तथा मालाको माग अत्यधिक बढेको छ,” अध्यक्ष तिवारीले भन्नुभयो, “यहाँ...बाँकी अंश →


मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गरिँदै

पर्वत, २३ कात्तिक,,   उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन् । मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन् । जलजला गाउँपालिकामा मिलनचोक–ठोट्नेरी सडक कालोपत्रे गर्न...बाँकी अंश →


बिरामीलाई ह्विल चेयर

वालिङ, २३ कात्तिक,,   वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले प्यारालाइसिसबाट पीडित बिरामीलाई ह्विल चेयर प्रदान गर्नुभएको छ । नगर प्रमुख खाँणले विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित वालिङ–३ मालागिरिका ७० वर्षीय चेतबहादुर गुरुङलाई ह्विल चेयर प्रदान गर्नुभएको हो । साविक एलादी गाविसका अध्यक्ष गुरुङले ह्विल चेयर पाएपछि मुस्कुराउँदै भन्नुभयो, “मैंले पनि...बाँकी अंश →


जाडो छल्न उपल्लो मुस्ताङवासी बेँसी झर्दै

पर्वत, २३ कात्तिक,,   चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार शुरु गरेका हुन् । वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी...बाँकी अंश →


सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

म्याग्दी, २३ कात्तिक,,   बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका कारण दुर्गन्ध फैलिएर स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका हुन् । यहाँ सङ्कलन...बाँकी अंश →


आर्थिक समृद्धि सरकारको प्राथमिकतामा– मन्त्री अधिकारी

पोखरा, २१ कात्तिक,,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताउनुभयो । मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका...बाँकी अंश →


पोखरामा सुन्तलाको व्यापार बढ्यो

पोखरा, २१ कात्तिक,,   तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ । भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ जिल्लाबाट भित्रिने गर्छ । ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा,...बाँकी अंश →


मादी नदीमा जल बिहार गर्ने पर्यटकमा वृद्धि

तनहुँ २१ कार्तिक,,   हिउँद मौसम सुरु भएसँगै मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मादी नदी जलबिहारका लागि सुरक्षित स्थान भएकाले पर्यटकको यसतर्फ आकर्षण बढ्न थालेको हो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धार्मिक एवं पर्यटकीय क्षेत्र व्यासको जन्मस्थल यहीँ परेकाले पनि मादी र सेतीको सङ्गमस्थल...बाँकी अंश →


आपसी तिक्ततालाई त्यागौँ– डा कोइराला

पोखरा, २० कात्तिक,,   नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता...बाँकी अंश →


संगठनको मर्यादामा आँच पु¥याउने गतिविधि सह्य हुँदैन ,, महानिरीक्षक खनाल

ठिनी, मुस्ताङ, २० कात्तिक ,, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य...बाँकी अंश →


गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

दमौली, २० कात्तिक,,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको...बाँकी अंश →


स्वरेकवासीको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप

स्वरेक स्याङजा, १९ कात्तिक,,   गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ । वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन हुँदै गर्दा यतिखेर विभिन्न २१ देशका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter