१२ माघ २०८१

प्रदेश ४

फरक क्षमता भएका पौडेलको कलम उद्योग

कुश्मा, २९ मङ्सिर,, अपाङ्गता भएका व्यक्तिले पनि अन्य व्यक्तिभन्दा अब्बलरुपमा उद्यम सञ्चालन गर्न सक्छन्भन्दा अचम्म लाग्न सक्छ । कुश्मा नगरपालिका–११ सिल्मी मान्डाँडाका युवा उद्यमी मनिलाल पौडेलले सामान्य तालीमका आधारमा आफ्नो क्षमता प्रयोग गरी घरमै बाँस र निगालोका विभिन्न सामान बनाएर साना उद्योग शुरुआत गरेर देखाउनुभएको छ । उहाँले विभिन्न सामान...बाँकी अंश →


गोरखा अस्पतालको फोहर व्यवस्थापनमा समस्या

गोरखा, २८ मङ्सिर,,  गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा आइपुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो । अस्पतालले कुहिने र नकुहिने फोहरलाई...बाँकी अंश →


अल्पकालीन महिला सेवा केन्द्र स्थापना

बलेवा, २८ मङ्सिर,, हिंसापीडित महिलाको उद्दार तथा संरक्षणका लागि जिल्लाको बागलुङ नगरपालिकाले अल्पकालीन महिला सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गत साउन १ गतेदेखि अनौपचारिकरुपमा काम गर्दै आएको सेवा केन्द्रलाई बिहीबार कार्यालय स्थापना गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । साविकको महिला बालबालिका कार्यालयको भवनमा कार्यालय रहने गरी सेवा केन्द्र सञ्चालनमा...बाँकी अंश →


पाँच वर्षदेखि थलियो बागलुङ सङ्ग्रहालय

गलकोट, २८ मङ्सिर,,  जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र छ । जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका–१ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको एक रोपनी जग्गामा विसं २०७० मा निर्माण शुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी...बाँकी अंश →


पायक पर्ने ठाउँमा स¥यो नगरपालिका

2018-12-14 08:50 बलेवा, २८ मङ्सिर,, वडाध्यक्षहरुले सामूहिक ज्ञापनपत्र बुझाएको तीन महीनापछि बागलुङ नगरपालिकाको कार्यालय बजारमा सरेको छ ।सर्वसाधारणका लागि पायक पर्ने ठाउँको खोजी गर्दै नगरकार्यपालिकाको कार्यालय कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा सारिएको हो । नगरप्रमुख जनकराज पौडेलको नेतृत्वमा वडा नं २ मा बिहिबार भेला...बाँकी अंश →


उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’

बागलुङ, २७ मङ्सिर , नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ । टेलिकम बागलुङ कार्यालयका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ,...बाँकी अंश →


गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

काठमाडौँ, २७ मङ्सिर ,,  स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस...बाँकी अंश →


बीस विद्यालय भवन पुनःनिर्माण शुरु

म्याग्दी, २७ मङसिर ,,   म्याग्दीका २० सामुदायिक विद्यालय पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्प, बाढीपहिरोलगायत विपद्का कारण भत्किएका र जोखिममा परेका भवन पुनःनिर्माण गर्न थालेको हो । दश विद्यालय चारकोठे, दुई तीनकोठे र आठ दुईकोठे भवन पुनःनिर्माण गरिने एकाइका प्राविधिक राजकुमार शाहीले जानकारी दिनुभयो...बाँकी अंश →


कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम

बेनी, २५ मङ्सिर,,   म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ । कोरिडोरअन्र्तगत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माण कार्यले गति लिएको हो ।...बाँकी अंश →


आलेख ः बरदान बन्दै म्याग्दीका तातोपानी कुण्डहरु

गलेश्वर, २५ मङ्सिर,,   प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरुका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरु बरदान सावित भएका छन् । खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरुबाट आक्रान्त व्यक्तिहरुका लागि यहाँका तातोपानी कुण्डहरु लाभदायी भएका हुन् । जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी...बाँकी अंश →


सामुदायिक स्वास्थ्य एकाइ स्थापना

बेनी, २५ मङ्सिर ,,  विकट म्याग्दीको रघुगङ्गा गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र गुणस्तर सुधारमा गाउँपालिकाले पहल थालेको छ । दुर्गम बस्ती भएका कारण गाउँवासीलाई प्राथमिक स्वास्थ्य सेवा पाउन कठिन भएकाले उक्त गाउँपालिकाले वडा नम्बर ४ दर्मीजामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो । वडा नम्बर ७ को कुइनेखानीमा समेत...बाँकी अंश →


भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बनेन विद्यालय भवन

गोरखा, २५ मङ्सिर,,   गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन । भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको पुनःनिर्माण नभएपछि अहिले भूकम्पले भत्किएको भवनमा नै जोखिम मोलेर पठनपाठन हँुदैआएको छ । भवन बन्न नसकेपछि प्राविधिकले रातो स्टिकर टाँसरे बस्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter