११ माघ २०८१

प्रदेश ४

बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग

बेनी, २९ पुस ,,  कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुन ढिलाइ भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजारस्थित कालीगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरी बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी...बाँकी अंश →


प्रेस युनियन पर्वतमा अधिकारी

पर्वत, २९ पुस ,,  नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचाँै अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कूल खसेका ६० मतमध्ये मायाको पक्षमा ३० मत परेको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी उत्तम अधिकारीले पनि ३० मतनै प्राप्त गर्नुभएको थियो । अध्यक्षका दुवै उम्मेदवारको मत बराबर परेपछि गरिएको...बाँकी अंश →


गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

पोखरा, २९ पुस,,  पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४÷०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन...बाँकी अंश →


भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै

पर्वत, २७ पुस,, पर्वतको फलेबास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठान्नुभयो । “घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरेँ”, भुसालले भन्नुभयो, “दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखेँ...बाँकी अंश →


बन्दीपुरमा फोहरमैला सङ्कलन केन्द्र

दमौली, २६ पुस,,  तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताउनुभयो ।...बाँकी अंश →


मृतक परिवारलाई राहत

गलकोट, २६ पुस,,  बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले मृतक बालबालिकाका अभिभावकलाई बुधबार जिल्ला प्रशासन कार्यालयका तर्फबाट जनही रु एक लाखका दरले रू...बाँकी अंश →


बोटबाटै सुन्तला बिक्री

बलेवा, २५ पुस,, बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् । बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने...बाँकी अंश →


कोरिया छाडेर खोरियामा रमाउँदै

बलेवा, २३ पुस,,  पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो ।...बाँकी अंश →


शारीरिक अपाङ्गता भएकालाई सम्मान

बागलुङ, २३ पुस,, प्रवीण खड्का स्मृति सेवा कोष बागलुङले अपाङ्गताको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । बागलुङ नगरपालिका–२ का स्व प्रवीण खड्काको स्मृतिमा स्थापित कोषद्वारा आइतबार आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । अपाङ्गताको क्षेत्रमा योगदान पु¥याएबापत पर्वत,...बाँकी अंश →


डसना उद्योगमा आगलागी हुँदा रु २० लाख क्षति

दमौली, २२ पुस,, तनहुँको व्यास नगरपालिका–४ सिमलटारस्थित डसना उद्योगमा आज बिहान आगलागी हुँदा रु २० लाखको क्षति भएको छ । बेथेल इन्जिनीयरिङ प्रालिले सञ्चालन गरेको डसना उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण सामान पूर्णरुपमा नष्ट...बाँकी अंश →


प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई

कास्की, २२ पुस,, गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद...बाँकी अंश →


म्याग्दीको तातोपानीमा ‘बाथ टब’ रिजर्भ गरेर नुहाउन पाइने

गलेश्वर, २२ पुस,, प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter