११ माघ २०८१

प्रदेश ४

गाउँपालिका भवन निर्माण गर्न निःशुल्क जग्गा

गलकोट, ४ माघ  ,,  बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकालाई का बासिन्दाले भवन निर्माणका लागि बडिगाड–५ मोहन जिसीसहित ७६ जग्गाधनीले थोरै धेरै गरी ग्वालीचौरको खारबजारमा मध्यपहाडी लोकमार्गसँग नजिक रहेको झण्डै रु चार करोड बढी मूल्य बराबरको...बाँकी अंश →


खरको छाना हटाउँदै छ नगरपालिका

लमजुङ, ४ माघ  ,,  बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो। कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नु भएका उहाँको सपना यसपालि पूरा भएको छ । बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाउनुभएको हो...बाँकी अंश →


पुनर्निर्माणमा प्राधिकरण–स्थानीय तह सहकार्य

बागलुङ, ३ माघ  ,,   भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र यहाँका स्थानीय तहबीच सहकार्य अघि बढेका छन् । दुवै पक्षले समन्वय र सहयोग आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका छन् । यसअघि प्राधिकरणले निजी आवासको पुनर्निर्माणमा स्थानीय तहलाई सहभागी गराउने निर्णय गरेको थियो । सोअनुसार जिल्लाका दश स्थानीय तहले...बाँकी अंश →


जन्ते ढुङ्गाः घरबास र पदयात्रा पर्यटनसँग जोडिँदै

पोखरा, ३ माघ (रासस) ,,  प्रकृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका लागि पहल भइरहेका अवस्थामा शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित प्राचीन महत्वको जन्ते ढुङ्गालाई घरबास र पर्यटनसँग जोड्ने पहल थालिएको छ । परापूर्वकालमा बेहुली लिएर आएका दुई समूहका जन्ती भेट हुनासाथ उनीहरू त्यही ठाउँमा एकाएक हराएको जनविश्वासका आधारमा उक्त स्थानलाई जन्ते ढुङ्गा...बाँकी अंश →


द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

काठमाडौँ, ३ माघ  ,,  नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी र जनस्तरको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको हो । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स र राष्ट्रिय...बाँकी अंश →


खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

दमौली, ३ माघ ,,  तनहुँको भीमाद नगरपालिका–२ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापा बताउनुहुन्छ । “बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,” उहाँले भन्नुभयो । धारोमा पर्याप्त पानी...बाँकी अंश →


बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

पोखरा, ३ माघ  ,,   पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार...बाँकी अंश →


हिउँदे नगरसभाद्वारा ऐन पारित

बागलुङ, ३ माघ  ,,   बागलुङ नगरपालिकाको हिउँदे नगरसभाले तीन नयाँ ऐन पारित गरेको छ । सार्वजनिक निजी साझेदारी ऐन–२०७५, फोहरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि ऐन–२०७५ लाई नगरसभाले सर्वसम्मत स्वीकृत गरेको हो । नगरप्रमुखबाट प्रमाणित भएपछि ऐन लागू हुने विधायन समितिका संयोजक लक्ष्मी बाँस्कोटाले जानकारी...बाँकी अंश →


दुर्घटना अपडेट : बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

गलकोट, ३ माघ  ,,   म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको...बाँकी अंश →


गाउँमा उत्पादित चिया शहरमा बिक्री

लमजुङ, २ माघ  ,,   काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थाल्नुभएको हो । गाउँमा उत्पादित चिया लमजुङदेखि...बाँकी अंश →


नवदुर्गा देवगणको ङालाकेगु जात्रा

भादगाउँ, २ माघ  ,,  भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ङालाकेगु ( माछा मार्न दिइने) जात्रा गए रातिदेखि शुरु भएको छ । सोह्रौँ शताब्दीदेखि प्रचलनमा आएको यो जात्रा माघे सङ्क्रान्तिको राति देवगृहबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिकादेवी देवतालाई आह्वान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजाअर्चना गरेपछि शुरु भएको...बाँकी अंश →


आलेख ,, लहरी छुट्ने ढोरबाराहीको प्रवद्र्धनमा उदासीनता

दमौली, २ माघ  ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारदेखि पाँच किलोमिटर दूरीमा पर्दछ प्रसिद्ध ढोरबाराही मन्दिर । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा पर्ने यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आइएको छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter