१० माघ २०८१

प्रदेश ७

माछा मार्न लाग्दा लडेर मृत्यु

बाजुरा, ९ कात्तिक,,   माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ । बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिँड्नु भएका उहाँ रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको पाइएको...बाँकी अंश →


बौलाहा स्यालको आतङ्क

बाजुरा, ८ कात्तिक,,   बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् । बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए । स्यालले जयरुप गिरीको कुकुर, खेमराज गिरीको बाख्रो र रन्या गिरीको...बाँकी अंश →


दुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

अछाम, ८ कात्तिक,,   अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् । जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं...बाँकी अंश →


मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ

कञ्चनपुर, ८ कात्तिक,,   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र...बाँकी अंश →


राजीका छोराछोरी प्राविधिक शिक्षा पढ्दै

लम्की, ६ कात्तिक,,   कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च शिक्षामा प्राविधिक विषय रोज्न थालेका हुन् । कैलाली जिल्लामा एसएलसी अर्थात एसइई उत्तीर्ण गरेका राजी समुदायका ३५ जना विद्यार्थीमध्ये ११ जनाले प्राविधिक...बाँकी अंश →


निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

कैलाली, ६ कात्तिक ,,   सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा,...बाँकी अंश →


परम्परागत कोल लोप हुँदै

बाजुरा, ६ कात्तिक,,   प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का...बाँकी अंश →


भारतीय विद्युत्को भरमा दार्चुला

दार्चुला, ५ कात्तिक ,,   दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको...बाँकी अंश →


दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

बाजुरा, ४ कात्तिक ,,   बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् । हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको...बाँकी अंश →


एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात

बैतडी,३ कात्तिक ,,   तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी...बाँकी अंश →


दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

बैतडी, ३ कात्तिक,,   दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ...बाँकी अंश →


दुई दशकदेखि खोलाको पानी पिउन बाध्य

भीमदत्तनगर, २ कात्तिक ,,   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ । विसं २०५८ मा यहाँ बसोबास गर्दै आउनुभका धामीले लामो समय बित्दा आफूले अझै पनि सहजरुपमा गाउँमा पानी नपाएको गुनासो गर्नुभयो । “यतिका वर्षसम्म हामीले खोलाको दूषित पानीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter