१० माघ २०८१

प्रदेश ७

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

भीमदत्तनगर, १८ कात्तिक,,   मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो । दुर्घटनामा...बाँकी अंश →


कला सिर्जनाका धनी मल्ल ओझेलमा

धनगढी, १८ कात्तिक,,   ‘दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा पर्नुभएको छ । डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँ ठाउँमा मञ्चन गर्दै आउनुभएका कला सिर्जनाका धनी मल्लका सिर्जनाले उचित स्थान नपाउँदा ओझेलमा पर्नुभएको...बाँकी अंश →


संस्थानको चामल बिक्री हुन सकेन

धनगढी, १८ कात्तिक,,   खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो । सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात...बाँकी अंश →


आठ सय युवाले भरे बेरोजगारी फाराम

अछाम, १६ कात्तिक ,,   बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा ५०६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन्...बाँकी अंश →


अपी क्षेत्र पर्यटकको रोजाइमा

दार्चुला, १५ कात्तिक ,,   अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ । सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार...बाँकी अंश →


गुणस्तरीय शिक्षाका लागि छलफल

बाजुरा, १४ कात्तिक,,   बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तरको बाधकका रूपमा रहेका सवालको पहिचानका लागि जिल्ला बाहिर गएर पढ्ने विद्यार्थीसँग मङ्गलबार छलफल गरेको छ । माध्यामिक तहको शिक्षा आर्जन गर्दाको अनुभव र जिल्ला बाहिर गएर उच्च शिक्षा आर्जन गरेको अनुभव आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताउनुभयो । छलफल...बाँकी अंश →


भीरबाट लडेर दुई महिलाको मृत्यु

बझाङ, १४ कात्तिक,,   तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो । घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै घाँस काट्ने...बाँकी अंश →


स्थानीय तहको नेतृत्वमा सहमति

बाजुरा, १३ कात्तिक,,   पार्टी एकतालाई अन्तिम रूप दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहमा समेत पदमिलान प्रयास जारी राखेको छ । पार्टी जिल्ला कमिटीसम्म केन्द्रीय कार्यदलबाटै टुङ्गो लाग्ने भएपछि स्थानीय तह र वडा कमिटीबारे सहमति गर्न जिल्लास्तरीय प्रयास थालिएको छ । नेकपाका स्थानीय नेताहरूले नौ स्थानीय...बाँकी अंश →


पर्यटक तान्दै ‘शिवलिङ्गा’

भीमदत्तनगर, ११ कात्तिक ,,   कञ्चनपुरको बेदकोट नगरपालिकाको उत्तरी चुरेफेदमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘शिवलिङ्गा’ मा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । केही वर्ष अघिसम्म गुमनाम रहेको शिवलिङ्गा क्षेत्रमा हाल दैनिक तीनदेखि पाँच सय जना पर्यटकको आवागमन भइरहेको छ । चाडपर्वका बेला यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको...बाँकी अंश →


वाचा पूरा नगरेको शहीद परिवारको गुनासो

भीमदत्तनगर, १० कात्तिक,,   झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो । नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो ।...बाँकी अंश →


टीकापुर उद्यान पर्यटकको गन्तव्यस्थल

धनगढी, ९ कात्तिक ,,   घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान ९टीकापुर पार्क० आकर्षक गन्तव्य बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा ९¥याफ्टिङ०को रोमाञ्चकारी यात्रा र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो ।...बाँकी अंश →


अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता

कञ्चनपुर, ९ कात्तिक,,   अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा स्थानीय तहका साथै एक सामुदायिक वनले पनि मासिक रूपमा घरदैलोमै गएर भत्ता दिन थालेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनले उपभोक्ता परिचयपत्रका आधारमा अपाङ्गता भएका १४ जनालाई मासिक रु ३०० का दरले भत्ता उपलब्ध गराउँदै आएको हो । घाँस...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter