१० माघ २०८१

प्रदेश ७

झिलमिला ताल ओझेलमा

भीमदत्तनगर, ११ मङ्सिर ,,   कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ । चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ । एक किलोमिटर लम्बाइ र ३०० मिटर चौडाइ रहेको...बाँकी अंश →


त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

कैलाली, १० मङ्सिर ,,   आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करीब ६७ हजार...बाँकी अंश →


सहकारीद्वारा वृद्धभत्ता वितरण

बेझाड, १० मङ्सिर ,,  स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीमा आबद्ध ज्येष्ठ सदस्यलाई वृद्धभत्ता वितरण गर्दै आइरहेको उक्त सहकारीले हाल ७० वर्ष उमेरमाथिका ६० ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति मासिक रु ५०० वृद्धभत्ता प्रदान गरेको स्थापक दीपेन्द्रप्रसाद पौडेलले बताउनुभयो ।उक्त सहकारीले तीन...बाँकी अंश →


भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा, ९ मङ्सिर ,,   जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा...बाँकी अंश →


कालीगण्डकीमा पुल निर्माण शुरु

बेझाड, ९ मङ्सिर ,,   कालीगण्डकीको स्याउली बजार पुट्टारघाटमा पक्की पुल निर्माण हुने भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ र तनहँुको घिरिङ्ग गाउँपालिका–१ जोड्ने स्याउली बजार पुट्टारघाटमा सरकारको रु साढे २८ करोडको लागतमा पुल निर्माण हुन लागेको हो । युनाइटेड बिल्डर्स कम्पनीले २०७४ मा पुल निर्माणका लागि जिम्मेवारी लिएपछि अहिले पुल...बाँकी अंश →


संरक्षण अभावमा प्राकृतिक ताल पुरिँदै

कञ्चनपुर, ८ मङ्सिर,,  संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् । संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन थालेका हुन् । वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण ताल पुरिन थालेको सामुदायिक वनका अध्यक्ष दलबहादुर ऐरले...बाँकी अंश →


रोजगारी नभएपछि युवा भारततिर, गाउँ सुनसान

बाजुरा, ७ मङ्सिर,,   यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् । “गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा...बाँकी अंश →


निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

भीमदत्तनगर, ७ मङ्सिर,,   कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका...बाँकी अंश →


निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

बैतडी, ५ मङ्सिर ,,  जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् । सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हुन् । सामुदायिक विद्यालयमा...बाँकी अंश →


लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्ने : उपसभापति निधि

कैलाली, ४ मङ्सिर,,   नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको अवस्थामा काङ्ग्रेसले सङ्घीय शासन प्रणाली, समावेशी शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि उभिनुपर्ने आवश्यकता रहेको...बाँकी अंश →


जलविद्युत्को केन्द्र बन्दै अपि हिमाल गाउँपालिका

दार्चुला, ३ मङ्सिर ,,   सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै गएको छ । चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउँपालिकाको योजना छ । चैतभित्र अपि हिमाल गाउँपालिका– ५ मकरीगाडसम्म सडक निर्माण गरिँदैछ । सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले...बाँकी अंश →


जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

बेझाड, ३ मङ्सिर,,   पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter