११ माघ २०८१

प्रदेश ७

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

डडेल्धुरा, ५ पुस,,  अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला...बाँकी अंश →


विद्यार्थी खुला चौरमा पढ्न बाध्य

बाजुरा, ५ पुस,, बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा...बाँकी अंश →


अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री

धनगढी, ४ पुस,, कैलाली जिल्लाका कतिपय सहकारी संस्थाले सरकारको अनुदानित रासायनिक मलको मूल्य मनोमानी ढङ्गले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोवारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढङ्गले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको...बाँकी अंश →


स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार

बेझाड, ४ पुस,, पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् । रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य...बाँकी अंश →


एक सातादेखि विद्युत् अवरुद्ध

मार्तडी, ३ पुस,, बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ । गएको मङ्सिर २८ गतेबाट विद्युतगृहको...बाँकी अंश →


बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

बैतडी, ३ पुस,, गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख...बाँकी अंश →


विपन्न परिवारलाई सिरक वितरण

भीमदत्तनगर, ३ पुस,,  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ । सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गर्नुभएको हो । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख...बाँकी अंश →


दुई दिनपछि विद्युत् सेवा

भीमदत्तनगर, ३ पुस,,  कञ्चनपुरको विद्युत् सेवा दुई दिनपछि सोमबार मध्यरातदेखि पुनः सञ्चालनमा आएको छ । वेदकोट नगरपालिका–७ लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा सुरक्षागार्डका रुपमा कार्यरत भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध थियो । भट्टको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका आफन्त र स्थानीयवासीले...बाँकी अंश →


किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, ३ पुस,,  पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त रु सात करोड ४९ लाख चार हजार राहत अनुदान हालसम्म किसानलाई वितरण गरिएको छैन । सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले किसानलाई राहत अनुदान...बाँकी अंश →


डोजर किन्न होडबाजी

डोटी, २ पुस,,  केआइसिंह गाउँपालिकाले रु ४१ लाखमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर(चक्कावाला डोजर) खरीद ग¥यो । गाउँगाउँ र बस्तीबस्तीमा सडक पु¥याउने भन्दै गाउँपालिकाले डोजर खरीद गरेको हो । यस्तै सायल गाउँपालिकाले रु एक करोड २९ लाखमा लुसान कम्पनीको डोजर खरीद ग¥यो । सो गाउँपालिकाले सडक बनाउन डोजर प्रयोग गरी...बाँकी अंश →


सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त.. अध्यक्ष थापा

कैलाली, २ पुस,, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र...बाँकी अंश →


१० किलो चरेस सहित नेपाली युवक पक्राउ परेको छ। 

कपिलबस्तु/संवाददाता नेपाल मा पर्ने कपिलबस्तु जिल्ला को भारतीय छिमेकी जिल्ला सिद्धार्थनगर मा आज १० किलो चरेस सहित नेपाली युवक पक्राउ परेको छ। एसएसबी ५० वी वाहिनी का जवान हरु पेट्रोलिंग गस्ती गर्ने क्रममा दिउसो बिशेष सुचना को आधार मा महादेव बुजुर्ग रेलवे स्टेशन मा उक्त व्यक्ति लाई रोकेर शोधपुछ र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter