०९ माघ २०८१

प्रदेश ७

धान उत्पादनमा कमी आउने

भीमदत्तनगर, २८ असोज  सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र...बाँकी अंश →


एक चिकित्सकको भरमा डडेल्धुरा अस्पताल

पर्शुरामधाम, २८ असोज    पर्शुरामधाम, २८ असोज (रासस) ः अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्कँदै गइरहेको छ । चिकित्सक,...बाँकी अंश →


छुट्टाछुट्टै घटनामा तीन पक्राउ

कैलाली, २८ असोज  प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट...बाँकी अंश →


दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन । महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि...बाँकी अंश →


सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण

डोटी, १६ असोज  जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६÷७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं...बाँकी अंश →


जङ्गली जनावरले धानबाली नष्ट

बाजुरा, १६ असोज  जिल्लाका किसानलाई यतिबेला जङ्गली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता परेको छ । यहाँका किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधँै जङ्गली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानलाई चिन्ता परेको हो । जिल्लामा पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक...बाँकी अंश →


गाउँमै स्वास्थ्य संस्था निर्माण भएपछि स्थानीयवासी खुसी

दार्चुला, १६ असोज    मालिकार्जुन गाउँपालिका–१ का ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा पुग्नुहुन्थ्यो । घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर भारतको पिथौरागढ नजिकैको बजार बालुवाकोट पुगेर औषधि लिएर फर्किनुहुन्थ्यो । साविकको भगवती गाविस मेलखेतदेखि स्वास्थ्यचौकी पुग्न तीनदेखि चार...बाँकी अंश →


विपद् जोखिम न्यूनीकरणका लागि कार्ययोजना निर्माण

पशुरामधाम, १५ असोज  सुदूरपश्चिम प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका लागि नीति तथा रणनीतिक कार्ययोजना निर्माण गरिरहेको छ । कार्ययोजना निर्माणका लागि प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका जिल्लामा गएर सुझाव सङ्कलन कार्य गरिरहेको हो । डडेल्धुरा, बझाङ र डोटीका जनप्रतिनिधिको उपस्थितिमा डडेल्धुरामा पनि प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण नीति...बाँकी अंश →


पुलको माग गर्दै २५ दिनदेखि अनशन

बैतडी, १५ असोज  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताउनुभयो । झुलाघाट नाकामा पक्की पुल निर्माणका...बाँकी अंश →


फष्टाउँदै डोजर व्यवसाय

डोटी, १३ असोज  जिल्लामा पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाउन थालेको छ । यहाँका प्रत्येक गाउँपालिकाले आआफ्ना ठाउँमा सडक यातायात पु¥याउने होडबाजी चलेपछि पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाएको स्थानीयवासी बताउँछन् । जिल्लाका विभिन्न स्थानीय तहमा अहिले सडक काट्ने नाममा स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी सडक मर्मत तथा कटिङको...बाँकी अंश →


३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित

अमरगढी, १३ असोज  डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका...बाँकी अंश →


दैनिक दुई हजार नेपाली घर फर्किंदै

भीमदत्तनगर, १३ असोज  दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter