११ माघ २०८१

प्रदेश ७

रोग लुकाएर बसेका महिलाको खोजी अभियान

राँझा, २० पुस,, ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ । रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले जानकारी दिनुभयो ।...बाँकी अंश →


एम्बुलेन्स सेवा शुरु

बैतडी, १९ पुस,, बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो । २४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाइने मेलौली नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


जागिर छाडेर गाईपालन

कञ्चनपुर, १७ पुस,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा...बाँकी अंश →


सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरबाट गाउँमै उपचार

भीमदत्तनगर, १७ पुस,, नब्बे वर्षीय सगराम मडै लट्ठीको सहारामा हिँडेर झण्डै दुई किलोमिटर टाढाको शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता उच्च माविमा आइपुग्नुभयो । आँखाको उपचार गर्न उहाँले कयौँ पटक धनगढी र महेन्द्रनगर धाउनुभयो । “धेरै पटक धाएँ, तर सञ्चो भएन”, मडैले भन्नुभयो, “सेनाको चिकित्सकले उपचार गरे निको हुन्छ की भनेर जँचाउन...बाँकी अंश →


आँखाका बिरामीको सङ्ख्या बढ्दो

बैतडी, १५ पुस,, पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । आर्थिक वर्र्ष २०७३÷७४ मा एक हजार ७१७ आँखाका बिरामीले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन् भने...बाँकी अंश →


जग्गा प्रकरण : बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर, १५ पुस,,  महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी...बाँकी अंश →


चिसो बढेसँगै बिरामी बढे

बैतडी, १४ पुस,, केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै...बाँकी अंश →


रु ८० विद्युत् महसुल तिर्न दुई हजार खर्च

डोटी, १४ पुस,,  जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टाँै टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो...बाँकी अंश →


बेलौरीमा तीनदिने माघी मेला आयोजना हुने

कञ्चनपुर, १३ पुस,, कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेलाको आयोजना हुने भएको छ । थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा ‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमर अभियान’...बाँकी अंश →


सवारी दुर्घटना रोक्न स्टिलबार लगाइँदै

डोटी, १३ पुस,, सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ । जिल्लाका अति संवेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँका सडक किनारमा स्टिलबार लगाउन थालिएको हो । क्षेत्रीय सडक कार्यालय तथा डिभिजन सडक कार्यालयको सहयोगमा जिल्लाका केआइसिंह राजमार्गका दिपायल, सिलगढी, शान्तिनगर, फुलौट, रामपुर, कालागाढलगायत क्षेत्रका सडक...बाँकी अंश →


विद्यालय भवन निर्माण

बैतडी, १२  पुस बैतडीको पाटन नगरपालिका–९ विजयपुरस्थित ज्ञानेश्वर माविमा रु ३२ लाख लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सांसद दामोदार भण्डारीको पहलमा शिक्षा विभागबाट ‘मल्टिस्टोर’ कार्यान्वयनअन्तर्गत तत्कालीन जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो । चार कोठे उक्त भवन निर्माणपश्चात्...बाँकी अंश →


भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा

बाजुरा, १२ पुस,,  बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो । ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter