११ माघ २०८१

प्रदेश ७

आलेख ,, थारु समुदायमा आयो परिवर्तन

नारायणपुर, १ माघ  ,,  अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भएका छन् । थारु समुदायको पहिचानको रुपमा रहेका वेशभूषा, भाषा र परम्परासमेत परिवर्तन हुँदै गएको...बाँकी अंश →


पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

गलेश्वर, १ माघ  ,,   माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल...बाँकी अंश →


माघ २ गते सार्वजनिक बिदा

टीकापुर, १ माघ  ,,  माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य...बाँकी अंश →


डेरामा थन्किए ‘गजल’

भीमदत्तनगर, ३० पुस  ,,  विसं २०६९ मा अध्ययनको सिलसिलामा कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका २५ वर्षीय सिद्धनारायण आचार्य अनेकन पीडाका बीच साहित्यिक क्षेत्रका एक प्रतिभावान र सफल गजलकारका रुपमा परिचित हुनुहुन्छ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड घर भएका आचार्य हाल भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरामा बसेर यहाँको सुदूर पश्चिम विश्वविद्यालयमा स्नातक तहमा...बाँकी अंश →


अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

धनगढी, ३० पुस  ,,  पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो, “कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि...बाँकी अंश →


सञ्चार गृह शिलान्यास

गलेश्वर, ३० पुस   ,,  म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको भवन निर्माणका लागि आज बेनीको मङ्गलाघाटमा शिलान्यास गरिएको छ । विसं २०६६ देखि भाडाको घरबाट सञ्चालन हुँदै आएको सञ्चार सहकारी संस्थाले रु ५० लाखमा घडेरी किनेर ५०० वर्गफिटको चारतले पक्की भवन निर्माण गर्न लागेको हो । आगामी पुस...बाँकी अंश →


वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन देउवा

धनगढी, २९ पुस ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान...बाँकी अंश →


वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन,, देउवा

धनगढी, २९ पुस ,,   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान...बाँकी अंश →


शिक्षित परिवारका महिला पनि छाउगोठमा

जाजरकोट, २९ पुस ,, जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो...बाँकी अंश →


अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग

डोटी, २७,, अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् । सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा...बाँकी अंश →


संविधान संस्थागत गर्नमा सरकार चुकिरहेको छः नेता सिंह

कैलाली, २७ पुस,,  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाउनुभयो । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको हो ।” नेता सिंहले सुशासन, विकास...बाँकी अंश →


पाण्डवका देवल जीर्ण बन्दै

अमरगढी, २७ पुस,, उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् । जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter