काठमाडौँ, १८ माघ ,, संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको...बाँकी अंश →
धादिङ, १८ माघ ,, रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका...बाँकी अंश →
काठमाडौँ, १८ माघ ,, आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी...बाँकी अंश →
काठमाडौंँ, १८ माघ ,, नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीविरुद्ध टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ । युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस जानुभएको छ । लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बुधबार राति लाओस जानुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल,...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो । सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मङ्गलबारदेखि क्रमिक सुधार आएको थियो । बुधबार घाम लागे पनि अपराह्नपछि मौसम...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ । काङ्ग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको,...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, “कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ”, जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले दुखेसो सुनाउनुभयो । कतिबेला राम्रो कुरा गर्ने र कतिबेला होस हराएजस्तो फरक प्रसङ्ग जोड्ने चण्डिकालाई छोराले छाडेको झण्डै सात महीना भएको छ । बूढानीलकण्ठस्थित सानो टहरोभित्रको एउटा कोठामा बस्ने...बाँकी अंश →
१७ पुष, काठमाडौं ,, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि चीनियाँ राजदुत होउ यानकी (ज्यग थ्बलत्रष्) ले बीहिबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: