रसुवा, ८ फागुन ,, भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ । गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नं ४ को धुसेनी, रूप्सेपानी,...बाँकी अंश →
किर्नेटार, ८ फागुन ,, गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन हुनुभएको छ । तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज...बाँकी अंश →
चितवन, ८ फागुन ,, भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका...बाँकी अंश →
काभे्रपलाञ्चोक, ७ फागुन ,, तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको सो आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । सुनकोशी नदीबाट १२ किलोमिटरको...बाँकी अंश →
काठमाडौँ, ५ फागुन ,, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाँै अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । “समृद्ध नेपाल निर्माणमा...बाँकी अंश →
काठमाडौँ, ३ फागुन ,, सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम...बाँकी अंश →
काठमाडौँ, ३ फागुन ,, संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन् । संविधान जारी भएपछिको दुई वर्षमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएर मुलुकमा सङ्घमा २२ जनाको मन्त्रालय सात प्रदेशमा...बाँकी अंश →
काठमाडौँ, ३ फागुन ,, “परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने ” भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिव दुईसय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त...बाँकी अंश →
रसुवा, ३ फागुन ,, ल्होछार पर्व अन्तर्गत उत्तरी रसुवाको थाम्वुचेतमा आयोजित भलिबल तथा अन्य विविध सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ सङ्घ आमा छोदिङ्मो गाउँपालिकास्तरीय भलिबल खेलमा नौकुण्ड युवा सोसाइटी सरसिउ प्रथम, रसिभुमे युवाकल्ब चित्तीभोर्ले द्वितीय र धुञ्चे समूह तृतीय भएको थियो । भलिबल खेलका विजेता...बाँकी अंश →
काठमाडौँ, ३ फागुन ,, नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताउनुभयो । ‘शतपथ ब्राह्मण’ नामक...बाँकी अंश →
काठमाडौँ, ३ फागुन ,, भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ । दक्षिण एशियाली फुटलबमा सधँै...बाँकी अंश →
हेटौँडा, ३ फागुन ,, प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी रु एक अर्ब ३७ करोड ७३...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: