चितवन, १९ फागुन ,, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको निर्देशन अवज्ञा गर्दै सम्बन्धन पाएका छ निजी क्याम्पसले पठनपाठन प्रक्रिया शुरु गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशानुसार भर्ना गरी पठनपाठन प्रक्रिया शुरु गरेको जनाएका छन् । विश्वविद्यालयले सम्बन्धन दिएका आठमध्ये जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस...बाँकी अंश →
हेटौँडा, १८ फागुन ,, नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७ हेक्टर जमीन सिँचाइ भइरहेको सरकारी तथ्याङ्कले देखाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा तयार पारिएको सिँचाई गुरुयोजना...बाँकी अंश →
काठमाडौँ, १८ फागुन ,, पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उहाँले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिनुभयो । “विश्वका धेरै मुलुक शिक्षाका कारण...बाँकी अंश →
भरतपुर, १७ फागुन ,, भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर...बाँकी अंश →
काठमाडौँ, १६ फागुन ,, काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, काठमाडौँबीच शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ एक कार्यक्रममा कामपाका तर्फबाट सहसचिव टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कापमा...बाँकी अंश →
कावासोती, १५ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।...बाँकी अंश →
काठमाडौँ, १३ फागुन ,, ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास...बाँकी अंश →
दुम्जा (सिन्धुली), १२ फागुन ,, चार जना पूर्व प्रधानमन्त्री, साहित्यकार, शिक्षाविद् एवं उच्च पदमा आसीन कोइरालाहरूको पुख्र्यौली थलो दुम्जामा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका नाममा प्रतिष्ठान र उद्यान निर्माण गरिने भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, दुम्जा पूर्व प्रधानमन्त्रीहरू बिपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको पुख्र्यौली थलो हो । मातृका,...बाँकी अंश →
बेत्रावती, १२ फागुन ,, नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन...बाँकी अंश →
भरतपुर, १० फागुन ,, कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न...बाँकी अंश →
चरिकोट, ९ फागुन (रासस): आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ । प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । सहभागी हुने जिल्लामा...बाँकी अंश →
हेटौँडा, ८ फागुन ,, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा सात आधुनिक पशु बधशाला निर्माण गरिने भएका छन् । प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: