मुग्लिन, ३ चैत ,, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको पवित्र धार्मिकस्थल इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने भएको छ । अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणका लागि प्रदेश सरकारबाट रु ५० लाख मन्दिर पुनःनिर्माणका लागि बजेट...बाँकी अंश →
चितवन, ३ चैत ,, विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् । गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले...बाँकी अंश →
चितवन, ३ चैत ,, प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच...बाँकी अंश →
जिरी, चैत १ ,, दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली...बाँकी अंश →
हेटौँडा, ३० फागुन ,, मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङ नजिक गएराति करीब ११ः४५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नंको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सहचालक सुरक्षित छन् । सो घटनाको अनुसन्धान भइरहेको जिल्ला...बाँकी अंश →
बनेपा, २८ फागुन ,, बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा पनौतीको संयोजनमा सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘उपभोक्ताको...बाँकी अंश →
धादिङ, २७ माघ ,, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका...बाँकी अंश →
रत्ननगर, २६ फागुन ,, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो । यो उपकरणबाट एचपिभी...बाँकी अंश →
काभ्रेपलाञ्चोक, २६ फागुन ,, तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । यही फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा तोकिएको हो । सो गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजना सम्झौता तथा योजनाको भुक्तानीलगायत...बाँकी अंश →
चितवन, २३ फागुन ,, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो । सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले...बाँकी अंश →
जिरी (दोलखा), २० फागुन ,, निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु भएको छ । आयोजनाको लट २ अन्तर्गतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो । चार सय ५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ...बाँकी अंश →
चितवन, १९ फागुन ,, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै औषधालयपछि सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि औषधालय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: