०८ माघ २०८१

प्रदेश ३

खानेपानी समस्या समाधान गर्न माग

काठमाडौँ, ३१ जेठ दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न माग गरेका छन् ।विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्नुभएका प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । करीब...बाँकी अंश →


सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन

भक्तपुर, ३१ जेठ  ,,  वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । यहाँस्थित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले आगामी असार ६ गते आयोजना गरिने समारोहमा सो अभिनन्दन गर्न लागिएको हो । समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक...बाँकी अंश →


लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

काठमाडौँ, ३१ जेठ   ,,  प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन...बाँकी अंश →


नेपाल प्रहरी र सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु

काठमाडौँ ३१ जेठ   ,,  अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको छ । प्रहरीप्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा ‘प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश ५ का प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन शुरु भएको हो । कार्यक्रममा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले गत वर्षको तुलनामा...बाँकी अंश →


निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि देखियो

काठमाडौँ, ३१ जेठ  ,,  निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि...बाँकी अंश →


शोक प्रस्ताव पारित

काठमाडौँ, ३१ जेठ  प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं...बाँकी अंश →


इन्धन खर्चको रकम बालबालिकालाई

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गर्नुभएको छ । उहाँले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी गर्नुभएको...बाँकी अंश →


आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

भादगाउँ, ३१ जेठ  ,,  ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो...बाँकी अंश →


नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौँ, ३० जेठ   ,,  निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१...बाँकी अंश →


तीन वर्षमा कार्यान्वयन भएन खानेपानीसम्बन्धी मौलिक हक

काठमाडौँ, ३० जेठ  ,,  संविधानबमोजिम खानेपानीलगायत मौलिक हकसँग सम्बन्धित विषयमा तीन वर्षमा कानून बनाइनुपर्ने भए पनि त्यो पूरा हुन नसकेकोतर्फ सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विनियोजन विधेयक २०७६ अन्तर्गत खानेपानी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि जारी छलफलमा भाग लिँदै सांसद गगनकुमार...बाँकी अंश →


गुठी विधेयकको बचाऊ र विरोध

काठमाडौँ, ३० जेठ   ,,  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले गुठी विधेयकको बचाऊ र विपक्षले विरोध जनाउनुभएको छ । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका जमीनलाई व्यवस्थापन गर्न राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो । विशेष समयमा सत्तापक्षका सांसदले विधेयक...बाँकी अंश →


विद्यालयमा लागुऔषधविरुद्धको इकाइ गठन गर्न निर्देशन

काठमाडौँ, ३० जेठ  ,,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको अनुरोधमा सङ्घीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा इकाई गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो । मन्त्रालयले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter