०८ माघ २०८१

प्रदेश ३

माथिल्लो तामाकोशी ः तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु

सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ । चालू आवमा ८.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । यद्यपि सो प्रक्षेपणलाई बजेटको मध्यावधि समिक्षा मार्फत केही संशोधन गरियो । भूकम्प, भारतको...बाँकी अंश →


लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग

काठमाडौँ, २ असार   ,,   संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिनुभयोे । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा...बाँकी अंश →


गुठी विधेयक फिर्ता नलिए सडकमा

काठमाडौँ, २ असार  ,,  सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे । प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बढूलाई बोल्न समय उपलब्ध गराउनुभएपछि उहाँले उक्त विधेयक...बाँकी अंश →


गोदावरीमा एक लाख ६५ हजार हर्वेरियमका नमूना

ललितपुर, २ असार   ,,  वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण...बाँकी अंश →


बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

हेटौँडा २ असार   ,,  चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु

मेलम्ची, असार २  ,,  मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी...बाँकी अंश →


बक्रईदको दिन त्रि. वी.को परीक्षा सार्नको लागि मुस्लिम आयोगलाई ज्ञापन पत्र ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको दोस्रो वर्षको परीक्षा इस्लाम धर्मावलम्बीहरूको महानपर्व ईदुल अजहाको दिन राखेको प्रति असन्तुष्टि जनाउदै ‛कन्फिडेन्स नेपाल' ले आज मुस्लिम आयोगको अध्यक्ष शमीम मिया अंसारीको ध्यानाकर्षण गराएको छ । यही आउदो साउन महिनाको २६,२७ र २८ गते इस्लाम धर्मावलम्बीहरूको ३ दिन सम्म धूमधाम सहित मनाईने (ईदुल अजहा) बक्रईद...बाँकी अंश →


पाकेट मार्ने ८२ पक्राउ

काठमाडौँ, १ असार  ,,  नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो । परिसरले...बाँकी अंश →


हितकरको कथा सङ्ग्रह ‘मिजला’ अब अङ्ग्रेजीमा

काठमाडौँ, १ असार  ,,  नेपाल भाषाका कथाकार हितकरवीर सिंह कंसाकारको चर्चित कथा सङ्ग्रह ‘मिजला’ को अङ्ग्रेजी अनुवाद बजारमा आएको छ । उनान्चास वर्ष अघि लेखिएको उक्त कृतिको अंग्रेजी संस्करण नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो । नौवटा कथा सङ्गृहीत यस पुस्तकको मूल्य रु १७५ राखिएको छ । पञ्चायती...बाँकी अंश →


अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

काठमाडौँ, १ असार  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ । सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’...बाँकी अंश →


गुठीयारका माग सम्बोधन गर्न सकिने

काठमाडौँ, १ असार  ,,  सत्ता पक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले विधेयक सदनमा नआइसकेको अवस्थामा अनावश्यक हल्ला गर्नु दुःखद् रहेको हुँदा त्यस्तो...बाँकी अंश →


२० चेपाङलाई रोजगार

मुग्लिन, १ असार   ,,    चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो । एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter