०६ माघ २०८१

प्रदेश ३

देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन  ,,  पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने...बाँकी अंश →


प्रहरीमाथि गोली चलाउने पेस्तोलसहित पक्राउ

हेटौँडा, ५ साउन  ,,  मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको,...बाँकी अंश →


पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, ५ साउन  ,,  पशुपति क्षेत्र विकास कोष र सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रको विश्वरुप मन्दिर परिसर र श्लेषमान्तक वन क्षेत्रमा तीन हजार विरुवा रोपिएको छ । विश्वरुप मन्दिर परिसरमा पहिरो जान थालेकाले सम्पदा क्षेत्रको संरक्षण एवं वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्नु हुँदै कोषका...बाँकी अंश →


नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

काठमाडौँ, ५ साउन  ,,  बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो...बाँकी अंश →


विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती

नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम (गाजरे झार)को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ । पछिल्ला अध्ययनअनुसार नेपालका...बाँकी अंश →


महिला मृत अवस्थामा फेला

भक्तपुर, ५ साउन  ,,  सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा...बाँकी अंश →


विप्लव समूहका उपत्यका इन्चार्ज लामा पक्राउ

काठमाडौँ, ५ साउन  ,,  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामालाई काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका लामालाई विशेष सूचनाका आधारमा गए राति १२ः२० बजेको समयमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक...बाँकी अंश →


हुलाक प्रशिक्षण केन्द्र वर्षौंदेखि जीर्ण

काठमाडौँ, ३ साउन   ,,  सरकारी भवन बनाउने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको हुलाक प्रशिक्षण केन्द्रको जीर्ण भवन वर्र्षौंदेखि बन्न सकेको छैन । केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालीम दिन्छ । केन्द्रका लागि विसं २०२२ मा बबरशम्शेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको...बाँकी अंश →


नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन  ,,  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो ।...बाँकी अंश →


छुवाछूतः कानून छ, कार्यान्वयन छैन

काठमाडौँ, ३ साउन  ,,  लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरे । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोड यतिबेला न्यायका लागि काठमाडौँमा भाँैतारिरहेको छ । विवाहपछि सङ्गीताको माइती पक्षले ज्यान मार्ने धम्की दिएपछि कमलको जोड अहिले काठमाडौँमा न्याय माग्दै हिँडेको छ । तर उनको कुरा...बाँकी अंश →


छ महीनामा ५४ एचआइभी सङ्क्रमित

चितवन, ३ साउन   ,,  सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा...बाँकी अंश →


शेयर बजार ः नेप्से परिसूचक थामियो

काठमाडौँ, २ साउन  ,,  धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ । बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter