चितवन, ७ साउन ,, भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित सहयोग गर्दै आएको उक्त कोषले रु ९० हजार सहयोग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले उक्त कोषबाट वर्षको दुईपटक सहयोग उपलब्ध हुँदै आए पनि बिरामीका लागि...बाँकी अंश →
काभे्रपलाञ्चोक, ७ साउन ,, नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ...बाँकी अंश →
चितवन, ७ साउन ,, नरायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नरायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा...बाँकी अंश →
मुग्लिन, ७ साउन ,, चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल.टी. एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रा.लि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ...बाँकी अंश →
काठमाडौँ, ६ साउन ,, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ...बाँकी अंश →
काठमाडौँ, ६ साउन ,, गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उहाँले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो...बाँकी अंश →
काठमाडौँ, ६ साउन ,, जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर...बाँकी अंश →
हेटौँडा, ६ साउन ,, प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । चालू आव २०७५÷०७६ मा प्रदेश सरकारले करीब रु १९ करोड ६९ लाख ७७ हजारको सवारी साधन खरीदमा खर्च गरेको तथ्याङ्क...बाँकी अंश →
काठमाडौँ, ६ साउन ,, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन...बाँकी अंश →
काठमाडौँ, ६ साउन ,, ( मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ...बाँकी अंश →
खोटाङ, ६ साउन ,, हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु...बाँकी अंश →
काभ्रेपलाञ्चोक, ६ साउन ,, आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: