काठमाडौँ, १० भदौ प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो । “उच्च र आधुनिक प्रविधिको प्रयोग...बाँकी अंश →
काभ्रेपलाञ्चोक, १० भदौ पाँचखाल नगरपालिकामा सञ्चालन गर्न लागिएको सुनकोसी पाँचखाल बृहत् खानेपानी परियोजनाका लागि उपभोक्ताबाटै ऋण सापटी गरिएको छ । हालसम्म त्यहाँका ५५ उपभोक्ताले दुई लाखका दरले ऋण सापटी दिएकामा रु एक करोडभन्दा बढी जम्मा भएको छ । स्थानीय उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले कूल योजनाको पाँच...बाँकी अंश →
ललितपुर, १० भदौ पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी...बाँकी अंश →
काठमाडौँ, १० भदौ काठमाडौँ, १० भदौ (रासस) ः देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि देशभरका ७४ वटै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको...बाँकी अंश →
बेत्रावती, १० भदौ नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन...बाँकी अंश →
काठमाडौँ, १० भदौ पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला...बाँकी अंश →
काठमाडौँ, १० भदौ विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ । दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि...बाँकी अंश →
हेटौँडा, १० भदौ प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको...बाँकी अंश →
काभ्रेपलाञ्चोक, १० भदौ पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग...बाँकी अंश →
काठमाडौँ, १० भदौ नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो । कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको...बाँकी अंश →
ललितपुर, १० भदौ ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा...बाँकी अंश →
शमशाद आदिल, काठमांडो आरक्षण बचाऔ आंदोलनमा प्रहरी द्वारा दमन भएको छ ।आज भृकुटी मण्डप बाट निस्केको आंदोलन प्रदर्शनी मार्ग हुदै पुतलिसडक ज़ादै गर्दा झड़प भएको हो । झड़पमा प्रहरीको लाठीचार्ज बाट करीब दुई दर्जन घाइते भएका छन भने पूर्व सभासद कौसर शाह सहित एक दर्जन लाई गरिफ्तार गरिएको छ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: