बनेपा, १३ भदौ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको...बाँकी अंश →
हेटौँडा, १३ भदौ सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । खासगरी...बाँकी अंश →
चितवन, १३ भदौ रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता...बाँकी अंश →
काठमाडौँ, १३ भदौ भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी...बाँकी अंश →
ललितपुर, १२ भदौ ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक...बाँकी अंश →
काठमाडौँ, १२ भदौ पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ८०० ले वृद्धि भई प्रतितोला रु ७३ हजार ४०० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु...बाँकी अंश →
काठमाडौँ, १२ भदौ राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्दै विधेयकलाई अझ समृद्ध बनाउन सम्बद्ध निकायबाट प्राप्त हुने सकारात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयकलाई समृद्ध बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल...बाँकी अंश →
काठमाडौँ, १२ भदौ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गर्नुभएको थियो...बाँकी अंश →
काठमाडौँ, १२ भदौ केही महीनाअघि नेपाल घुम्न आउनुभएका भारतका कलाकार मनोज जधारलाई पाटन दरबार स्वायरले मन छोयो । प्यागोडाशैलीका सुन्दर पुरातात्विक क्षेत्रका दृष्य क्यामरामा मात्रै होइन आर्ट पेपर नउतारी उहाँ बस्न सक्नुभएन । भारतमा फरक खालका कलाशैलीमा चित्रकारिता गर्दै आउनुभएका उहाँलाई नेपालको मठमन्दिर बौद्धगुम्बाका बनोट खास लाग्यो । उहाँले यस्तैयस्तै...बाँकी अंश →
काठमाडौँ, १२ भदौ भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ९पन्ध्र वर्षमुनि० च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ । भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो । त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत...बाँकी अंश →
काठमाडौँ, १२ भदौ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ ।महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति...बाँकी अंश →
काठमाडौँ, १२ भदौ राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: