चौतारा, १३ भदौ सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष...बाँकी अंश →
काठमाडौँ, १३ भदौ काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गर्नुभएको हो । प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको...बाँकी अंश →
काठमाडौँ, १३ भदौ राष्ट्रियसभाको आजको बैठकले “नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, १३ भदौ वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि...बाँकी अंश →
काठमाडौँ, १३ भदौ पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन...बाँकी अंश →
ललितपुर, १३ भदौ ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ । महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो ।महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । “ मङ्गलबजारस्थित वडा नं ११ मा...बाँकी अंश →
काठमाडौँ, १३ भदौ राष्ट्रियसभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै नेपाली काँग्रेसका...बाँकी अंश →
चितवन, १३ भदौ चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५÷४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको...बाँकी अंश →
चितवन, १३ भदौ नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण...बाँकी अंश →
काठमाडौँ, १३ भदौ नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्राउ...बाँकी अंश →
काठमाडौँ, १३ भदौ फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली...बाँकी अंश →
काठमाडौँ, १३ भदौ राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् । विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: