०५ माघ २०८१

प्रदेश ३

अरनिको राजमार्ग निर्माण गरिँदै

बनेपा, २४ भदौ  सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । गत साउन २५ गते राति परेको भारी वर्षाका कारण चाखोलामा गएको बाढीले खोला दायाँबायाँ काटिएर ठाउँ÷ठाउँमा भासिएर क्षति पुगेको अरनिको राजमार्गको जेरोकिलो दोलालघाट सडकखण्डअन्तर्गत ५४...बाँकी अंश →


रेडियो र सङ्ग्रहालय एकै भवनमा

मेलम्ची, २४ भदौ  समुदायको सहयोगमा रेडियो मेलम्चीको तीनतले भवन निर्माण भइरहेको छ । स्थानीय सङ्ग्रहालय, सभाकक्ष, पुस्तकालय, सूचना केन्द्रसमेत रहने सो भवन निर्माण अन्तिम चरणमा रहेको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । सात वर्षअघि स्थापना भएको सामुदायिक रेडियो मेलम्ची यस भेगकै प्रभावकारी सञ्चार माध्यम हो ।...बाँकी अंश →


बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ, २४ भदौ  जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन् । जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । जबर्जस्तीकरणी गरेको आरोप लागेका खत्री २०७४ सालमा बानेश्वरबाट फरार भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो...बाँकी अंश →


डेङ्गु परीक्षण गर्न आउने बिरामीको भीड

काठमाडौँ, २४ भदौ  पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ...बाँकी अंश →


नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

काठमाडौँ, २३ भदौ  ः नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । सो...बाँकी अंश →


आर्थिक सुशासनदेखि पर्यावरण संरक्षणसम्म उत्साहप्रद काम ः सेना

काठमाडौँ, २३ भदौ  ः प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व गर्नुभएको एक वर्षमा नेपाली सेनामा नीतिगत र सङ्गठन सुधारका महत्वपूर्ण कार्यबाट सेनाको सकल दर्जामा आशा र उत्साह जागृत भएको छ । सङ्गठन भित्रका विकृति र विसङ्गतिलाई जरैदेखि हटाइ पारदर्शी र स्पष्ट आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा यो अवधि निकै महत्वपूर्ण भएको बताइएको...बाँकी अंश →


चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा

काठमाडौँ, २३ भदौ  तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुग्नुभएको छ । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुग्नुभएको हो । चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष...बाँकी अंश →


सुविधा थपेर उच्चशिक्षाको गुणस्तर सुधार्दै अनुदान आयोग

काठमाडौँ, २३ भदौ  ः विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा ‘गुणस्तर सुनिश्चितता एवं प्रत्यायन’ (क्यूएए) कार्यक्रम लागू गरेपछि क्याम्पसहरु स्वमूल्याङ्कनसहित सुध्रन थालेका छन् । विश्वविद्यालय मातहतका क्याम्पसहरुको संस्थागत समग्र सुधारका न्यूनतम शर्त र पूर्वाधारका लागि विभिन्न चरण पार गराई यो कार्यक्रमबाट पुरस्कृत गरी आयोगले सन् २००९ देखि अनुदान बढाएपछि क्याम्पसहरुले गुणस्तर वृद्धिको...बाँकी अंश →


प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड

काठमाडौँ, २३ भदौ  ः उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो । केही दिन अगाडि मात्र...बाँकी अंश →


नादेज्दा कप महिला फुटबल ः नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ, २२ भदौ  किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । जीतसँगै दुई खेल खेलेको...बाँकी अंश →


विदेश छाडेर गाउँमै प्राङ्गारिक तरकारी खेती

कमल खत्री बेनी, २३ भदौ  ः पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुखसम्मनै विषादीयुक्त तरकारी र फलफूल पुग्ने गरेको सन्दर्भमा म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङका चार युवाले सामूहिक प्राङ्गारिक तरकारी खेती शुरु गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा समय व्यतीत गर्नुभएका तेजेन्द्र आचार्य, ओमबहादुर दर्जी, दलबहादुर नेपाली र भविलाल सुवेदीले सात...बाँकी अंश →


राष्ट्रिय फुटबल टोली पोखरातर्फ

काठमाडौँ, २३ भदौ  ः नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter