काठमाडौँ, ३० भदौ इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् । रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही भदौ ४ गते मन्त्रिस्तरीय निर्णयबाट अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । अब गर्भवती र स्तनपान गराइरहेका महिला तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् जसमा विश्वव्यापी स्वास्थ्य सरोकार,...बाँकी अंश →
बनेपा, ३१ भदौ व्यावसायिकरूपमा फूलखेती गर्दै आएका यहाँका किसानले पछिलो समयमा मनग्य आम्दानी गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी फूलखेती गर्ने किसानले करीब १० हेक्टर जमीनमा खेती गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष वीरेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा ३० भन्दा बढी किसानले फूलखेती गर्दै आएका...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो ।...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार...बाँकी अंश →
काठमाडौँ, ३० भदौ यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् ।...बाँकी अंश →
काठमाडौँ, ३० भदौ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान व्यापक बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा भएको छलफलमा उहाँले अनुसन्धानको क्षेत्र व्यापक बनाउँदै जानुपर्ने...बाँकी अंश →
काठमाडौँ, ३० भदौ ः नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति...बाँकी अंश →
काठमाडौँ, ३० भदौ संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक...बाँकी अंश →
काठमाडौँ, ३० भदौ नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ । जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: