काठमाडौँ, ३१ भदौ नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । गोलरक्षक रोहित कार्की...बाँकी अंश →
चितवन, ३१ भदौ भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको...बाँकी अंश →
काठमाडौँ ३१ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट...बाँकी अंश →
मेलम्ची, ३१ भदौ बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले...बाँकी अंश →
गलेश्वर ३१ भदौ म्याग्दीकी एक युवतीको आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिनुका साथै इन्डोनेसियामा अलपत्र छ जना नेपालीको उद्धार भएको छ भने मानव तस्कर पक्राउ परेका छन् । थोरै पैसा लगानीमा सुरक्षित र छोटो बाटो समुद्री तथा स्थलमार्ग हुँदै अष्टे«लिया पुगिने सपना बोकेर आठ महीना...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ । गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उहाँको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १०...बाँकी अंश →
बनेपा, ३१ भदौ मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक...बाँकी अंश →
ललितपुर, ३१ भदौ गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: