काठमाडौँ, ९ असोज ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा...बाँकी अंश →
हेटौंडा, ९ असोज आठ किलो चरेससहित पक्राउ परेका सुगौली नगरपालिका–१ का गिता राई र भक्तपुर थिमीबाट ह्यान्डिल लक तोडी चोरेर ल्याउँदै गरेको ल ५४प६०९८ नम्बरको मोटरसाइकलसहित रौतहटको चन्द्रपुर नगरपालिका–८ का अविनाश चौधरीलाई बिहीबार सार्वजनिक गर्दै मकवानपुर प्रहरी । अञ्जली थापाबाँकी अंश →
ललितपुर, ९ असोज पाटन मङ्गलबजारमा अवस्थित हरिशङ्कर र चारनारायण मन्दिर यसपालि बडादशैँको नवमीभित्र खुल्ने भएका छन् । विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएका यी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । हरिशङ्कर र चारनारायण मन्दिर पुनःनिर्माणको काम सम्पूर्ण समाप्त भइसकेको छ । ढोकामा चुकुल हाल्ने, निर्माणका लागि जोडिएका सामग्री...बाँकी अंश →
स्याङ्जा, ९ असोज यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ (हालको चापाकोट नगरपालिका १०)े ठेगाना राखेर...बाँकी अंश →
हेटौँडा, ९ असोज हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि सुचारु भएको छ । सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ । सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो...बाँकी अंश →
काठमाडौँ, ९ असोज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिनुभएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उहाँले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार,...बाँकी अंश →
म्याग्दी, ९ असोज म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा...बाँकी अंश →
काठमाडौँ, ९ असोज काठमाडौँ महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।...बाँकी अंश →
न्यूयोर्क, ९ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा आजको बैठक...बाँकी अंश →
बनेपा, ९ असोज भूकम्पपछिको पुनःनिर्माणको काममा सहयोग गर्दै आइरहेका कारितास नेपालले मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डनमा एक हजार १११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग गरेको छ । भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणका साथै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।...बाँकी अंश →
न्यूयोर्क, ९ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हो भन्नुभयो ।...बाँकी अंश →
न्यूयोर्क, ९ असोज नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: