०५ माघ २०८१

प्रदेश ३

मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या

काठमाडौँ, ६ साउन ः मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा...बाँकी अंश →


पद्य साहित्यमा पृथक कविता ‘सेतो सुनखानी’

काठमाडौँ, ५ साउन ः स्रष्टाको सिर्जनामा पाठक रमाउन पाउँदा नै सिर्जनाको सार्थकता हुन्छ, लेखकीय चाहना पूरा हुन्छ । नेपाली पद्य लेखनमा पछिल्लो समय सार्वजानिकत्व भन्दा निजत्व बढी रहेको सन्र्दभमा कवि शम्भु अर्यालले वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा फरक शैलीमा आफ्नो पहिलो कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । ‘सेतो सुनखानी’ नामक...बाँकी अंश →


शेयर बजार ः एक अर्बभन्दा बढीको कारोवार

काठमाडौँ, ५ साउन  : धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम...बाँकी अंश →


‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

काठमाडौँ, ५ साउन  ः आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताउनुभएको छ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल आउनुभएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता...बाँकी अंश →


डा केसीलाई भेट्न सभापति देउवा शिक्षण अस्पतालमा

काठमाडौँ, ४ साउन (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गर्नुभयो । सभापति देउवाले...बाँकी अंश →


काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री

काठमाडौँ, ४ साउन (रासस) ः काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस पुगेको छ जुन यस वर्षकै बढी तापक्रम हो । यसअघि जेठ दोस्रो साता यहाँ यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम...बाँकी अंश →


संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक ः सभामुख महरा

काठमाडौँ, ४ साउन (रासस) ः सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व...बाँकी अंश →


पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

– रमेश लम्साल र सिबी अधिकारी काठमाडौँ, ४ साउन (रासस) ः सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६०...बाँकी अंश →


जुम्लामा स्वास्थ्य कर्मिहरु माथि भएको दमन छानबिन गर्न केयर मानब अधिकारको माग

मितिः २०७५ साउन ४ गते जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० दिन देखि अनसनरत डा.गोविन्द के.सी.लाई काठमाडौ लैजान अनसनस्थल पुगेका प्रहरी र डा.के.सी. समर्थक स्वास्थ्यकर्मी एंव चिकित्सा शिक्षा अध्ययनरत बिद्यार्थीहरु बिच अस्पताल भित्रै झडप भई केही चिकित्सकहरु,एकजना प्रहरी सहित दर्जनौ बिद्यार्थी र नर्सहरु घाईते भएको घटना प्रति केयर मानव...बाँकी अंश →


आलेख ः सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

–कुमार चौलागाई÷कल्पना पौडेल काठमाडौँ, ४ साउन (रासस) ः विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७००...बाँकी अंश →


डा केसीसँगको वार्ता अनिश्चित

काठमाडौँ, ४ साउन  ः चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि...बाँकी अंश →


क़तार चारिटीको सहयोगले बहिरा बिद्यालयमा शैक्षिक सामग्री बितरण

आज काठमांडौको नक्साल स्थित केन्द्रीय बहिरा विद्यालय बालमन्दिरमा क़तार च्यारिटीले तीन सय पचीस बिद्यार्थीहरूलाई पढाईमा निरन्तरता दिलाउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरेको छ । केन्द्रीय बहिरा बिद्यालयमा कक्षा एक देखि दश सम्म अध्ययनरत रहेका प्रत्येक बिद्यार्थीहरुलाई एक थान झोला ,छ थान कापी र दश थान कलम दिएको र नर्सरी देखि यू....बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter